नेभिगेशन
समाज

रवि लामिछानेको अध्यक्षतामा रास्वपा महाधिवेशन मूल आयोजक समिति गठन, सचिवालय बैठक आजै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न प्रथम महाधिवेशनका लागि सभापति रवि लामिछानेका अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ ।

समितिमा उपसभापति डा। स्वर्णिम वाग्ले, महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन कुमार आचार्य र कोषाध्यक्ष लिमा अधिकारी सदस्य छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, सचिवालय सदस्यहरु बसुमाया तामाङ, मनिष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली,  सोबिता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवली र सागर ढकाल पनि महाधिवेशन मूल आयोजक समितिका सदस्य छन् । मूल आयोजक समितिमा केन्द्रीय समितिका सबै सदस्य र सबै प्रदेश सभापतिलाई पनि राखिएको छ । 

Ncell
Extreme Energy

यसैबीच, सभापति लामिछानेको आजै राष्ट्रिय स्वतन्त्र पार्टी सचिवालयको बैठक बस्दै छ ।

बैठक साँझ ८ बजे भर्चुअल (जुममा) बस्ने रास्वपा केन्द्रीय कार्यालयले जनाएको छ ।

आज बस्ने सचिवालय बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूमा मनोनयन, अनुशासनात्मक कारबाही, प्रदेश अधिवेशन कार्यविधि, महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमिति गठन, महाधिवेशन निर्वाचन कार्यविधि, विधान संशोधन र संघीय सांसदहरूको पार्टी जिम्मेवारी लगायत एजेण्डामा छलफल हुने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।