नेभिगेशन
समाज
रवि लामिछानेको भारत भ्रमण

रवि लामिछानेको भारत भ्रमणबारे जानकारी दिदै भाजपाको विज्ञप्ती

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जुन १ तारिख (भोलि)देखि भारत भ्रमणमा जाने भएका छन् । 

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा सभापति रवि लामिछानेको पहिलो औपचारिक भ्रमण हुन लागेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भाजपाको विदेश मामिला विभागका प्रमुख विजय चाैथाइवालेद्वारा जारी प्रेस विज्ञप्तिअनुसार भ्रमणका क्रममा रास्वपा सभापति लामिछानेले भारतको राजधानी न्यु दिल्लीमा भाजपा अध्यक्ष नीतिन नवीनसहित पार्टीका अन्य वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

Ncell
Extreme Energy

भ्रमणको मुख्य उद्देश्य रास्वपा र भाजपा बिच पार्टी–स्तरीय सम्बन्ध तथा संवादको सुरुआत गर्नु रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै दुवै दलबिच सङ्गठन सञ्चालनका अभ्यास, लोकतान्त्रिक प्रक्रिया तथा जनमुखी राजनीतिक पहुँचका विषयमा अनुभव आदानप्रदान गर्ने अवसरका रूपमा पनि भ्रमणलाई हेरिएको छ।

भाजपाले रास्वपा प्रतिनिधिमण्डललाई स्वागत गर्दै दुई दलबिच रचनात्मक संवाद हुने अपेक्षा व्यक्त गरेको छ।

रास्वपा स्थापना भएयता प्रमुख भारतीय राजनीतिक दलको औपचारिक निमन्त्रणामा पहिला पटक हुन लागेको पार्टी नेतृत्वको भ्रमणलाई नेपाल–भारत राजनीतिक सम्बन्धको सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ। 

भ्रमणका क्रममा हुने छलफलले दुवै दलबिचको भावी सहकार्य तथा राजनीतिक सम्बन्धका सम्भावित आयामबारे समेत सङ्केत गर्ने अपेक्षा गरिएको छ।

लामिछाने सहित रास्वपाको भ्रमण टोली भोली दिउँसो १ बजे भारतका लागि प्रस्थान गर्दै छन् । 

भ्रमणटोलीमाा सभापति लामिछाने सहित प्रवास विभाग प्रमुख दिपक बोहरा, सहमहामन्त्री विपिनकुमार आचार्य रहने छन् । 

यस्तै सभापति लामिछानेकी पत्नी निकित पौडेल र स्वकिय सचिव अविनाश आचार्य भ्रमणमा रहने छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।