नेभिगेशन
समाज

दिउँसो १ बजे भारत उड्दै रवि लामिछाने, यस्तो छ भ्रमणको कार्यसूची

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि आज प्रस्थान गर्दैछन् ।
दिउँसो १ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उनी भारतका लागि प्रस्थान गर्ने छन् । 

भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत जान लागेका लामिछानेको यो भ्रमण ५ दिनको हुने छ । उनी जेठ २२ गते स्वदेश फर्कनेछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति रवि लामिछानेको भ्रमणका विषयमा रास्वपा र भाजपा दुबै पार्टीले आइतबार विज्ञप्ति जारी गरेर औपचारिक जानकारी गराएका थिए । 
दुबै तर्फका विज्ञप्तीमा रास्वपा र भाजपा बिच पार्टी–स्तरीय सम्बन्ध तथा संवादको सुरुआत गर्नु रहेको उल्लेख गरिएको छ।

Ncell
Extreme Energy

साथै दुवै दलबिच सङ्गठन सञ्चालनका अभ्यास, लोकतान्त्रिक प्रक्रिया तथा जनमुखी राजनीतिक पहुँचका विषयमा अनुभव आदानप्रदान गर्ने अवसरका रूपमा पनि भ्रमणलाई हेरिएको छ

लामिछानेले नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने छन् भने भारतमा रहेका नेपालीहरुसँग साक्षात्कार गर्ने छन् ।

कार्यसूची अनुसार लामिछानेले  भाजपाका अध्यक्ष नितिन नविन सहित शिर्ष नेताहरुसँग  भेटघाट गर्ने छन् । 

भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकसँग पनि अन्तक्र्रिया गर्ने तालिका छ । लामिछाने व्यक्तिगत भ्रमणको सिलसिलामा अयोध्यासमेत जाने तालिका छ ।

लामिछानेको भ्रमण टोलीमा रास्वपा सहमहामन्त्री एवम् प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य, सचिवालय सदस्य एवम् प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र अविनाश आचार्य(प्रदीप) सहभागी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।