नेभिगेशन
समाज

नेपाल–भारत सीमा सम्बन्धमा प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन विपक्षी दलको माग

काठमाडौँ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलले नेपाल–भारत सीमा सम्बन्धमा प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गरेको छ । 

सोमबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बिपक्षी दलको बैठकले  प्रधानमन्त्रीको अभिव्यक्तिले स्वाभिमान कमजोर भएको भन्दै क्षमायाचनसहित फिर्ता माग गर्ने निर्णय गरेको हो । बैठकपछि नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाल राष्ट्रको शिर झुकेको र नेपालीहरूको स्वाभिमान कमजोर भएको भन्दै अभिव्यक्ति क्षमायाचनसहित फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको जानकारी दिइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल राष्ट्रको नीतिविपरीत आएको प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिएसम्म सदनमा आफुहरुको विरोध जारी रहने उनले बताइन् । त्यस्तै बैठकले संसदलाई पेलेर अगाडि बढाउने परिस्थिति उत्पन्न भएको प्रति समेत आपत्ति जनाएको छ । अर्यालले संसदमा भएका सदस्य सबैको अपनत्व हुनेगरि नियमावली पारित गर्नुपर्नेमा एकपक्षीय ढंगले पारित गरेको प्रतिपनि विरोध जनाउने निर्णय गरेको बतायइन् । नियमावलीमा प्रतिपक्षीहरुले राखेका कुनै पनि विषय सम्बोधन हुन नसकेको उनले उल्लेख गरिन् । 

Ncell
Extreme Energy

त्यस्तै कांग्रेसका सचेतक निश्कल राईले सदनमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैर जिम्मेवारीपूर्ण भएकाले प्रधानमन्त्रीले सदनमा स्पष्ट पार्नुपर्ने बताए । प्रधानमन्त्रीको अभिव्यक्ति सहि भए नागरिकलाई स्पष्ट जानकारी गराउनुपर्ने र सहि नभए सदनमा आएर प्रधानमन्त्रीले माफि माग्नुपर्ने उनले बताए । 

त्यस्तै राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले सीमाका विषयमा प्रधानमन्त्रीले फेरी संसदमा आएर नेपाली जनताबीच यस विषयमा आफ्नो स्पष्ट धारणा राख्नुपर्ने बताइन् । बैठकमा कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपाका सांसदहरु सहभागी भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।