नेभिगेशन
समाज

प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाउँदै राष्ट्रियसभा बैठक अवरुद्ध, स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने माग

काठमाडौँ । प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिबारे आपत्ति जनाउदै सांसदहरुले विरोध जनाएपछि राष्ट्रियसभा बैठक अवरुद्ध भएको छ । 

सोमबार राष्ट्रियसभा बैठक सुरु हुनेबित्तिकै बिभिन्न दलका सांसदहरुले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउदै उठेर विरोध जनाएका थिए । उनीहरुले प्रधानमन्त्रीले सीमाका विषयमा दिएको अभिव्यक्तिका बारे स्वयं उपस्थीत भएर जवाफ दिनुपर्ने माग राखेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले रास्वपा सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री बिना सूचना प्रतिनिधिसभामा उपस्थीत भएर दिएको अभिव्यक्ति नियोजित भएको हुनसक्ने आशंका व्यक्त गरिन् । सीमामा रहेका नागरिकहरुले आफ्नो भूमि जोगाइरहेको अवस्थामा प्रधानमन्त्री नै नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति देशको हितमा नरहेको उनले बताइन् । 

Ncell
Extreme Energy

देशको सीमाका बोरमा बोल्न नसक्ने प्रधानमन्त्रीले देशको राष्ट्रियता जोगाउन सक्ने भन्ने अपेक्षा नरहेको उनको भनाइ छ । राष्ट्रियसभाका प्राय सवै सदस्यहरुले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले २० मिनेटका लागि बैठक स्थगित गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।