नेभिगेशन
समाज

मसँग प्रतिस्पर्धा नगरौं, कानुन निर्माणमा प्रतिस्पर्धा गरौंः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले आफूसँग प्रतिस्पर्धा नगर्न विपक्षी दलका सांसदहरुलाई आग्रह गरेका छन् ।

विपक्षी दलका सांसदहरुले सभामुखको व्यवहारप्रति असहमति जनाउँदै अवरोध गरेपछि सभामुख अर्यालले आफूसँग प्रतिस्पर्धा नगर्न आग्रह गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘सभामुखसँग प्रतिस्पर्धा नगरौं माननीय सदस्यहरु’ उनले भने ‘कानुन निर्माणमा प्रतिस्पर्धा गरौं, देशको विकासमा प्रतिस्पर्धा गरौं।’

Ncell
Extreme Energy

सभामुख अर्यालले आफूले स्थापित विधि, परम्परा र अभ्यास अनुसार नै सभा सञ्चालन गरिरहेको बताए ।

‘मैले विधि, परम्परा र नियमविपरीत केही पनि गरेको छैन’ उनले भने ‘सभाले बनाएको विधि अनुसार नै बैठक सञ्चालन गरेको हुँ, यसलाई अन्यथा नलिन आग्रह गर्दछु।’

सभामुखले आग्रह गरे पनि विपक्षी दलहरुले स्वीकार गरेनन् । विपक्षी दलहरुले अवरोध जारी राखेपछि सभामुख अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

आन्तरिक राजस्व विभागको आयोजनामा अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. वाग्लेले १५ जना १–१ लाख रुपैयाँका विजेता र १ जना १० लाख रुपैयाँ विजेता उपभोक्ता छनोट गरेका...
ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया (जेएन)लाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वीर अस्प्ताल पुगेकी छन् । पूर्वराष्ट्रपति भण्डारी शुक्रबार थपलियालाई भेट्न पुगेकी हुन् ।
अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अन्तरजातीय प्रेम विवाह गरेको केही समयपछि रहस्यमय मृत्यु भएका काभ्रेका अजित मिजारको परिवारले १० वर्षपछि पनि न्याय नपाएको भन्दै नयाँ सरकारसँग न्यायको पहल गर्न आग्रह गरेको छ ।...
२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको १० लाख रुपैयाँको बम्पर उपहार कञ्चनपुर पुनर्वासका हेमराज जोशीले जितेका छन् ।

भर्खरै