नेभिगेशन
समाज

यूएईमा नेपाली श्रमिकलाई दूतावासले दियो श्रम कानुन र प्राथमिक उपचार सम्बन्धी जानकारी

अबुधाबी । यूएईको अबुधाबीस्थित नेपाली राजदूतावासले त्यहाँ कार्यरत नेपाली श्रमिकहरुलाई श्रम तथा प्राथमिक उपचारबारे जानकारी गराएको छ ।

दूतावासले राजधानीबाट करिव ३ सय किलोमिटर पर रुवइसस्थित सिनोपेक इन्जिनियरिङ कम्पनीको श्रमिक शिविरमा कार्यरत नेपाली श्रमिकहरूका लागि श्रम सचेतना, अन्तर्क्रिया तथा प्राथमिक उपचारसम्बन्धी जनचेतना कार्यक्रम आयोजना गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यक्रममा राजदूतावासका श्रम सहचारी पंकजलाभ कर्ण, तृतीय सचिव विमलेशकुमार मिश्र, जनसम्पर्क अधिकृत राजी अहमद तथा नेपाली समुदायका प्रतिनिधि जगन अधिकारी लगायतले करिब १०० श्रमिकहरूलाई संयुक्त अरब इमिरेट्सको श्रम कानुन, श्रमिकका अधिकार तथा कर्तव्य, गुनासो व्यवस्थापन प्रक्रिया, सुरक्षित वैदेशिक रोजगार, नेपालको वैदेशिक रोजगारसम्बन्धी कानुनी व्यवस्था तथा सामाजिक सुरक्षा कोषका बारेमा जानकारी गराएका थिए ।

Marvel
Extreme Energy

त्यस्तै, श्रमिकहरूको सेवामा सहज पहुँच अभिवृद्धि गर्ने उद्देश्यले MOFA Mitra App, Nagarik App तथा MOHRE App का बारेमा  जानकारी दिई मोबाइलमा इन्स्टल गर्न सहजीकरण गरिएको थियो।आकस्मिक स्वास्थ्य समस्या भएको अवस्थामा अपनाउनुपर्ने प्राथमिक उपचारका आधारभूत उपायहरूबारे जगन अधिकारीले प्रशिक्षण दिएका थिए ।

अन्तर्क्रिया सत्रमा श्रमिकहरूले आफ्ना जिज्ञासा तथा समस्याहरू राखेका थिए भने राजदूतावासको टोलीले आवश्यक जानकारी, परामर्श तथा सुझाव प्रदान गरेको थियो। कार्यक्रममा सहभागी श्रमिकहरूले आफ्नो कार्यस्थलमै पुगेर यस्ता उपयोगी कार्यक्रम सञ्चालन गरेकोमा नेपाली राजदूतावासप्रति आभार व्यक्त गरेका थिए। कम्पनीका व्यवस्थापक वाङले नेपाली श्रमिकहरु कामप्रति प्रतिवद्ध तथा इमान्दार रहेको भन्दै प्रशंसा गरेका थिए । 
नेपाली राजदूतावास, अबुधाबीले संयुक्त अरब इमिरेट्समा कार्यरत नेपाली श्रमिकहरूको हित, सुरक्षा र कल्याण प्रवर्द्धनका लागि श्रम शिविरमै पुगेर यस्ता सचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रमहरूलाई प्रथमिकता दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिकामा घण्टौँपछि हवाई सेवा पुनः सञ्चालन, यस्तो छ अवरोधको कारण

अमेरिकामा घण्टौँपछि हवाई सेवा पुनः सञ्चालन, यस्तो छ अवरोधको कारण

यातायातमन्त्री सीन डफीले शुक्रबार राति स्थानीय समयअनुसार ८ः१५ बजे अमेरिकी हवाई क्षेत्र पुनः सञ्चालनमा आएको जानकारी दिए । यद्यपि उडान सेवा पूर्ण रूपमा सामान्य हुन केही समय लाग्ने...
ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...
इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरका जेलमा सन् २०२१ यता ५०० भन्दा बढी कैदीको मृत्यु भइसकेको छ । केही कारागार सैन्य नियन्त्रणमा रहे पनि लागुऔषध तस्करीमा संलग्न गिरोहहरूले जेलभित्रैबाट अधिकारीहरूलाई चुनौती दिँदै आएका...
साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

मन्त्रालयले नागरिक तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको स्पष्ट रूपमा निन्दा गरेको छ। नागरिकको जीवन र सुरक्षामाथि हुने आक्रमण अस्वीकार्य रहेको उल्लेख गर्दै नेपालले यस्ता...