नेभिगेशन
समाज

करुणा कटुवाललाई नेविसंघको जिम्मेवारी

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्षमा धनकुटाकी करुणा कटुवाललाई मनोनीत गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयले तोकिएको मितिमा महाधिवेशन गर्ने गरी कटुवाललाई अध्यक्षको जिम्मेवारी दिइएको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम सभापति श्री गगनकुमार थापाद्वारा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ— नेपाल विद्यार्थी संघको अध्यक्ष पदमा श्री करूणा कटुवाल (धनकुटा) लाई नियुक्त गरी तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरण सहित जिम्मेवारी प्रदान गर्नु भएको छ ।

Ncell
Extreme Energy

यसअघि दुजाङ शेर्पा नेविसंघको अध्यक्ष थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

आन्तरिक राजस्व विभागको आयोजनामा अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. वाग्लेले १५ जना १–१ लाख रुपैयाँका विजेता र १ जना १० लाख रुपैयाँ विजेता उपभोक्ता छनोट गरेका...
ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया (जेएन)लाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वीर अस्प्ताल पुगेकी छन् । पूर्वराष्ट्रपति भण्डारी शुक्रबार थपलियालाई भेट्न पुगेकी हुन् ।
अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अन्तरजातीय प्रेम विवाह गरेको केही समयपछि रहस्यमय मृत्यु भएका काभ्रेका अजित मिजारको परिवारले १० वर्षपछि पनि न्याय नपाएको भन्दै नयाँ सरकारसँग न्यायको पहल गर्न आग्रह गरेको छ ।...
२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको १० लाख रुपैयाँको बम्पर उपहार कञ्चनपुर पुनर्वासका हेमराज जोशीले जितेका छन् ।

भर्खरै