नेभिगेशन
समाज

बालेन बोल्नुभन्दा अघिल्लो दिन नै भारतले रोकेको थियो सुस्तामा काम

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ मा निर्माणाधीन तटबन्धको काममा भारतीय पक्षले जेठ १६ गते नै अवरोध गरेको खुलेको छ । 

प्रधानमन्त्री बालेन शाहले जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएको र त्यसैका आधारमा भारतीय पक्षले सुस्तामा निर्माणाधीन तटबन्धमा अवरोध गरेको हल्ला गरिए पनि अघिल्लो दिन जेठ १६ गते नै भारतीय पक्षले आपसी सहमतिमा मात्रै काम अगाडि बढाउन भन्दै तत्कालका लागि काम रोकिदिएको खुलेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुस्तामा नारायणी नदीको कटान रोक्न १४ करोडको लगानीमा चार ठाउँमा तटबन्ध निर्माणको काम भइरहेको छ । त्यसमध्ये  तेस्रो ठाउँमा तटबन्ध निर्माण गर्न सुरु भइरहँदा भारतीय पक्षले 'नो मेन्सन ल्याण्ड' भन्दै दुवै देशको सहमतिमा मात्र काम गर्न भनेको हो । उक्ता ठाउँमा सुनहेरी ड्रिलिङ् एण्ड कन्स्ट्रक्सनले १ करोड ४६ लाख ५५ हजारमा तटबन्धको ठेक्का पाएको छ। 

Ncell
Extreme Energy

जेठ १६ गते सुस्ता तटबन्ध निर्माणको अनुगमन गर्न प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, जिल्ला समन्वय समिति प्रमुख भगौतिप्रसाद यादव, सशस्त्र प्रहरी बल पश्चिम नवलपरासी प्रमुख गोविन्दबहादुर खाती,  जिल्ला प्रहरी प्रमुख  प्रहरी उपरीक्षक रामबहादुर के.सी. लगायतको टोली सुस्तामा पुगेको थियो। नेपाली टोली आयोजना अनुगमन गर्न पुगेको जानकारी पाएपछि भारतीय सीमा सुरक्षा बलका प्रतिनिधि पनि त्यहाँ पुगे । र,  त्यो ठाउँलाई विवादित रहेको भन्दै सहमतिमा मात्र निर्माण कार्य अगाडि बढाउन आग्रह गरे । उनीहरुको आग्रहपछि काम रोकिएको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिए । 

प्रमुख जिल्ला अधिकारी नेपालले तटबन्ध निर्माण भइरहेको १ किमि दूरीमा कुनै अवरोध नआएको तर १३२ मिटर नयाँ तटबन्ध निर्माणमा दुवै पक्षबीच सहमति गरेर कार्य अघि बढाउन भारतीय पक्षले आग्रह गरेको बताए । उनले भारतीय पक्षको उक्त आग्रहलाई सम्बन्धित निकायलाई जानकारी गराएको पनि बताए । 

जिल्ला समन्वय समितिका प्रमुख भगौतिप्रसाद यादवले एक ठाउँमा बाहेक अन्य ठाउँमा अवरोध नरहेको र काम तीव्र गतिमा चलिरहेको जानकारी दिए । 

भारतीय पक्षको आग्रहपछि आइतबार जेठ १७ गते नै भारतीय सीमा प्रहरी बल पश्चिम चम्पारण विहारको टोली र सशस्त्र प्रहरी बल पश्चिम नवलपरासीको टोलीबीच केही दिनका लागि काम रोक्ने र सहमति जुटेपछि मात्र निर्माण कार्य अघि बढाउने सहमति भएको सुस्ता बचाउँ अभियानका प्रवक्ता रविन्द्र जयसवालले जानकारी दिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क प्रस्थान गरेका छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।
मौसम विभागले जारी गर्‍यो १५ जिल्लामा रेड अलर्ट

मौसम विभागले जारी गर्‍यो १५ जिल्लामा रेड अलर्ट

मौसम विभागले असोज ९ देखि ११ गतेसम्मलाई १५ जिल्लामा रेड अलर्ट जारी गरेको छ।
सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्च अदालतले भरत दाहाललाई चौबीस घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।
रेशम चौधरीलाई माफी मिनाहा सदर

रेशम चौधरीलाई माफी मिनाहा सदर

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ ।