नेभिगेशन
समाज
सिधाकुरा फलोअप

वीरगन्जका मेयर राजेशमानलाई प्रहरीको नाटकीय पक्राउ, थुनछेकका लागि अदालतमा लगियो

वीरगन्ज । वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको ८ दिन पछाडि पर्सा प्रहरीले मेयर राजेशमान सिंहलाई पक्राउ गरेको हो । 

पर्साको ठोरीबाट मेयर सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पुर्जी जारी भएपछि मेयर सिंह अदालत पुगेर तस्बिर खिचाएर घर फर्किएका थिए । पुर्जी जारी भएका आरोपित अदालतमा पुगेर तस्बिर खिचेर निस्किँदा समेत प्रहरीले उनलाई फरार रहेको भन्दै संरक्षण गरेको थियो । 

Ncell
Extreme Energy

यस विषयमा सिधाकुरामा समाचार प्रकाशन भएपछि प्रहरीले उनलाई खोजी गरिरहेको दाबी गरे पनि सुरक्षा निकायसँगको सम्पर्कमै रहेका मेयर सिंह जिल्ला बाहिर पुगेका थिए । 

अदालतमा मुद्दा छ, वीरगंजका मेयर कहाँ छन् ?

मङ्गलवार भने सुरक्षा निकायसँगको समन्वयमा नै उनलाई अदालत उपस्थित गराउन प्रहरीले नियन्त्रणमा लिएको थियो । आज भने उनलाई थुनछेकका लागि अदालत पेश गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार सिंहलाई जिल्ला अदालत पर्सामा उपस्थित गराइएको छ । 

गएको १२ गते जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा पक्राउ गर्न मेयर सिंहविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । 

स्थानीय लियाकत अलीको जाहेरी बमोजिम जिल्ला अदालत पर्साले मेयर सिंहसहित तीनजना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । 

वीरगन्जका मेयर राजेशमानले कागजात किर्ते गरेर नागरिकता दिएको विषय सिधाकुराले खुलासा गरेको थियो । मेयरको नागरिकता कीर्तेबारे सबै समाचार पढ्नुहोस् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।
जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।
४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

हिमताल विस्फोटनबाट हुने बाढी (जीएलओएफ) को जोखिम घटाउन नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन सरकारले तयारी थालेको छ ।