नेभिगेशन
सबै कुरा

नागरिकता किर्ते प्रकरण : वीरगंजका मेयर राजेशमान सिंहलाई फैजदारी कसुरमा मुद्दा चलाउने तयारीमा प्रहरी

वीरगंज । नागरिकता किर्ते गरेको आरोप लागेका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई फैजदारी अभियोगमा मुद्दा चलाइने भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मेयरसिंहलाई फाैजदारी अभियाेगमा मुद्दा चलाउने तयारी भएकाे हाे । प्रहरीले जिल्ला सरकारी वकिलकाे कार्यालयसँग राय मागेकाे बताउँदै पर्साका प्रहरी उपरिक्षक कोमल शाहले सिधाकुरासँग भने, ‘हुँदै नभएको छोरीलाई आफ्नो छोरी भनेर नागरिकता दिलाउनु भनेको फौजदारी अभियोगअन्तर्गतको मुद्दा हो । यसै अन्तर्गत मेयरलाई कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेका छौँ ।’ 

CG

त्यस्तै प्रशासनलाई समेत सरकारी वकिलकाे कार्यालयले मेयरविरद्ध फाैजदारी कसुर आर्कषित हुने राय दिएकाे छ ।  प्रशासन स्रोतकाअनुसार जिल्ला सरकारी वकिल कार्यालय पर्साले मेयरको किर्ते कार्यका लागि फौजदारी कसुर आर्कषित हुने भन्दै सोहीअनुसार मुद्धा चल्ने राय प्रशासनलाई दिएको छ ।

‘मेयरविरुद्ध कस्तो मुद्धा चल्ने भन्दै प्रशासनले कानुनी राय मागेको छ,’ जिल्ला प्रशासन स्रोतले सिधाकुरासँग भन्यो, ‘फौजदारी कसुरमा मुद्धा चल्ने राय सरकारी वकिलबाट आएको छ ।’ 

नागरिकता प्रकरण बाहिरिएपछि जिल्ला प्रशासनले गठन गरेको छानबिन समितिको प्रतिवेदन, सञ्चार माध्यमबाट बाहिरिएको प्रमाण लगायतका विषयहरुसहित अन्य प्रमाण संकलनको काम भइरहेको स्रोतले बतायो । जिल्ला प्रशासन स्रोतले भन्यो ‘छिट्टै हामी निश्कर्षमा पुग्छौं ।’  

प्रशासनकाअनुसार मेयरको नागरिकता किर्ते लुकाउन भूमीका खेलेका सरकारी कर्मचारीमाथि पनि मुद्धा चलाउने तयारी छ ।  रुबिना श्रेष्ठ नाम गरेकी किशोरीलाई नक्कली बाबु बनेर नागरिकता दिलाइदिएको खुलासा सिधाकुराले पुस २४ गते गरेको थियो ।

नागरिकता किर्ते गरेको सार्वजनिक भएपछि मेयरविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा १६ वटा जाहेरी परेको थियो । यस्तै मेयरलाई कारबाही माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा पनि उजुरी दर्ता भएको थियो । 


मेयरको नागरिकता कीर्तेबारे सबै समाचार पढ्नुहोस् ।

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता

नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)

मेयरले नक्कली बाबु बनेर नागरिकता दिलाएको विषयमा गृहकाे चासाे, सीडीओ भन्छन्ः तीन दिनसम्म अनुसूची नै भेटिएन

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी

वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन

राजेशमानको उध्रिएको मुकुट !

वीरगंज मेयर राजेशमान सिंहको किर्ते लुकाउन प्रशासनबाटै फायल गायब, तत्कालीन सीडीओ उमेश ढकालको भूमिका शंकास्पद  

वीरगंजका मेयर राजेशमान सिहंविरुद्ध गृह मन्त्रालयमा पनि उजुरी

वीरगंजका मेयर सिंह र पूर्व प्रमुख जिल्ला अधिकारी ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी दर्ता

जिल्ला प्रशासनबाटै नागरिकताको अनुसूची गायब, कर्मचारीमाथि अनुसन्धान सुरु


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

अनुसन्धानका क्रममा उनीहरूले नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ । सोही क्रममा ती होटल र स्पाबाट आठ बालिकाको उद्धार गरिएको ब्यूरोका प्रवक्ता प्रहरी...
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

कपिलवस्तु शिवराज नगरपालिका–५ घर भई हाल काठमाडौँ–३२ बस्ने ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका–१२ का ३३ वर्षीय बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका–९ घर भई हाल काठमाडौँ...
झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाइ विभिन्न व्यक्ति तेस्रो मुलुक जाने गरेका भन्ने सूचनाका आधारमा प्रहरीले तीन जनालाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो...
परालको कुन्युमा लुकाई राखेको १ हजार ८ सय पिस अवैध भेप बरामद

परालको कुन्युमा लुकाई राखेको १ हजार ८ सय पिस अवैध भेप बरामद

पाल्हिनन्दन गाउपालिका वडा न ,६ कब्रस्थान  स्थित परालको कुन्युमा लुकाई राखेको अवस्थामा भेप बरामद गरिएको  हो । अबैध रुपमा नेपालबाट भारततर्फ लैजानको लागि लुकाईएको अवस्थामा बुधबार बिहान करिब...