नेभिगेशन
सबै कुरा

नागरिकता किर्ते प्रकरण : वीरगंजका मेयर राजेशमान सिंहलाई फैजदारी कसुरमा मुद्दा चलाउने तयारीमा प्रहरी

वीरगंज । नागरिकता किर्ते गरेको आरोप लागेका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई फैजदारी अभियोगमा मुद्दा चलाइने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मेयरसिंहलाई फाैजदारी अभियाेगमा मुद्दा चलाउने तयारी भएकाे हाे । प्रहरीले जिल्ला सरकारी वकिलकाे कार्यालयसँग राय मागेकाे बताउँदै पर्साका प्रहरी उपरिक्षक कोमल शाहले सिधाकुरासँग भने, ‘हुँदै नभएको छोरीलाई आफ्नो छोरी भनेर नागरिकता दिलाउनु भनेको फौजदारी अभियोगअन्तर्गतको मुद्दा हो । यसै अन्तर्गत मेयरलाई कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेका छौँ ।’ 

Ncell
Extreme Energy

त्यस्तै प्रशासनलाई समेत सरकारी वकिलकाे कार्यालयले मेयरविरद्ध फाैजदारी कसुर आर्कषित हुने राय दिएकाे छ ।  प्रशासन स्रोतकाअनुसार जिल्ला सरकारी वकिल कार्यालय पर्साले मेयरको किर्ते कार्यका लागि फौजदारी कसुर आर्कषित हुने भन्दै सोहीअनुसार मुद्धा चल्ने राय प्रशासनलाई दिएको छ ।

‘मेयरविरुद्ध कस्तो मुद्धा चल्ने भन्दै प्रशासनले कानुनी राय मागेको छ,’ जिल्ला प्रशासन स्रोतले सिधाकुरासँग भन्यो, ‘फौजदारी कसुरमा मुद्धा चल्ने राय सरकारी वकिलबाट आएको छ ।’ 

नागरिकता प्रकरण बाहिरिएपछि जिल्ला प्रशासनले गठन गरेको छानबिन समितिको प्रतिवेदन, सञ्चार माध्यमबाट बाहिरिएको प्रमाण लगायतका विषयहरुसहित अन्य प्रमाण संकलनको काम भइरहेको स्रोतले बतायो । जिल्ला प्रशासन स्रोतले भन्यो ‘छिट्टै हामी निश्कर्षमा पुग्छौं ।’  

प्रशासनकाअनुसार मेयरको नागरिकता किर्ते लुकाउन भूमीका खेलेका सरकारी कर्मचारीमाथि पनि मुद्धा चलाउने तयारी छ ।  रुबिना श्रेष्ठ नाम गरेकी किशोरीलाई नक्कली बाबु बनेर नागरिकता दिलाइदिएको खुलासा सिधाकुराले पुस २४ गते गरेको थियो ।

नागरिकता किर्ते गरेको सार्वजनिक भएपछि मेयरविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा १६ वटा जाहेरी परेको थियो । यस्तै मेयरलाई कारबाही माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा पनि उजुरी दर्ता भएको थियो । 


मेयरको नागरिकता कीर्तेबारे सबै समाचार पढ्नुहोस् ।

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता

नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)

मेयरले नक्कली बाबु बनेर नागरिकता दिलाएको विषयमा गृहकाे चासाे, सीडीओ भन्छन्ः तीन दिनसम्म अनुसूची नै भेटिएन

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी

वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन

राजेशमानको उध्रिएको मुकुट !

वीरगंज मेयर राजेशमान सिंहको किर्ते लुकाउन प्रशासनबाटै फायल गायब, तत्कालीन सीडीओ उमेश ढकालको भूमिका शंकास्पद  

वीरगंजका मेयर राजेशमान सिहंविरुद्ध गृह मन्त्रालयमा पनि उजुरी

वीरगंजका मेयर सिंह र पूर्व प्रमुख जिल्ला अधिकारी ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी दर्ता

जिल्ला प्रशासनबाटै नागरिकताको अनुसूची गायब, कर्मचारीमाथि अनुसन्धान सुरु


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...

भर्खरै