नेभिगेशन
समाज

भाजपा मुख्यालयमा रास्वपा सभापति रवि लामिछानेको भव्य स्वागत

काठमाडौँ । भारतको पाँच दिने भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले भव्य स्वागत गरेको छ ।

भाजपा अध्यक्ष नीतिन नवीन सहित पार्टीका उच्च पदाधिकारीहरुले सभापति लामिछानेलाई नयाँ दिल्लीको दिनदयाल मार्गस्थित भाजपा मुख्यालयमा स्वागत गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा सभापति लामिछाने नेतृत्वको प्रतिनिधि मण्डल भाजपा मुख्यालय पुग्दा परम्परागत गीत, संगीत, नृत्य तथा पुष्पवृष्टिसहित स्वागत गरिएको थियो ।

Ncell
Extreme Energy

अहिले भाजपा मुख्यालयमा रास्वपा सभापति लामिछाने नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र भाजपा अध्यक्ष नीतिन नवीन नेतृत्वको भारतीय प्रतिनिधि मण्डलका बीचमा वार्ता भइरहेको थियो ।

भाजपाको निमन्त्रणामा लामिछाने भारतको पाँच दिने भ्रमणका लागि हिजो नयाँ दिल्ली पुगेका हुन् । लामिछाने नेतृत्वको प्रतिनिधि मण्डलमा उनकी पत्नी निकिता, रास्वपा सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र लामिछानेका स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन् । 
आज भारतको चर्चित पत्रिका हिन्दुस्तान टाइम्समा प्रकाशित लामिछानको लेखका बारेमा पनि दुवै देशमा चर्चा भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।