नेभिगेशन
समाज
सुधन गुरुङमाथि छानबिन

सुधन गुरुङमाथि छानबिन गर्न समितिलाई पाँच दिन म्याद थप

काठमाडौँ । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिको पाँच दिन म्याद थप भएको छ। 

सरकारले छानबिनका लागि समितिलाई दिएको म्याद सोमबार सकिएको थियो । सरकराले आजबाट लागू हुने गरी पाँच दिन म्याद थपेको हो । 
समितिका अध्यक्ष अच्युतप्रसाद भण्डारीका अनुसार बयान तथा प्रारम्भि प्रमाण संकलनको काम सकिएको र केहि थप प्रमाण बुझ्नु बाँकी रहेकाले पाँच दिन भित्र सबै काम सकेर प्रतिवेदन तयार हुने छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृहमन्त्री हुँदा विवादमा परेका गुरुङमाथि छानबिन गर्न गत वैशाख २८ गते सरकारले उच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य छन्।

Ncell
Extreme Energy

समितिलाई गुरुङको सम्पत्ति विवाद, हिरासतमा रहेका व्यवसायी दीपक भट्ट संलग्न कम्पनीको शेयर, हदबन्दीभन्दा बढि जग्गा र विवादित जग्गाका विषयमा छानबिन गर्न कार्यादेश दिइएको छ। 

गत चैत १३ गते गृहमन्त्री भएका गुरुङ सम्पत्ति विवरण सार्वजनिक भएसँगै विवादमा आएका थिए। विवाद चर्किँदै गएपछि उनले गत वैशाख ९ गते गृहमन्त्रीबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।