नेभिगेशन
समाज

प्रधानमन्त्रीको भनाइमा सरकारका प्रवक्ताको स्पष्टीकरणः ‘मिचेको भन्नु भएको होइन, अचम्म लागेको बताउनु भएको हो’

काठमाडौँ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले ‘प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको नभई भारतीय पक्षबाट त्यस्तो कुरा आउँदा आफूलाई अचम्म लागेको सदनलाई जानकारी गराउनु भएको’ स्पष्टीकरण दिएका छन् ।

आज मन्त्रिपरिषदको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री पोखरेलले भने– ‘तपाईँहरुले फेरि पनि सुन्न सक्नु हुने छ, प्रधानमन्त्रीले अचम्म मान्नु भएको हो, त्यसैगरी नै भन्नु भएको हो ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री पोखरेलले सीमा समाधान सम्बन्धी सरकारी संयन्त्र रहेको र सो संयन्त्रमा ‘भारतले उपभोग गरिरहेको जग्गा नेपालमा पर्न सक्ने र नेपालले उपभोग गरिरहेको जग्गा पनि भारतमा पर्न सक्ने’ भनेर आएका कुरालाई प्रधानमन्त्रीले भन्नु भएको स्पष्ट पारे ।

Ncell
Extreme Energy

‘प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको छ भनेर भन्नु भएको होइन, यस्ता पनि कुरा आएका छन्, ती सबै विवाद कूटनीतिक संवादबाटै समाधान गर्नुपर्छ भनेर भन्नु भएको हो’ मन्त्री पोखरेलले भने ।

मन्त्री पोखरेलले प्रधानमन्त्री सदनप्रति उत्तरदायी रहेको बताए । ‘अस्ति सदनमा गएर जवाफ दिनु भयो, आवश्यक पर्दा फेरि पनि जवाफ दिनु हुन्छ’ उनले भने ।

सोही क्रममा मन्त्री पोखरेलले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन सरकारलाई औपचारिक रुपमा प्राप्त नभएको बताए । ‘नेपाल सरकारलाई औपचारिक रुपमा आइसकेपछि सरकार अगाडि बढ्छ’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।