नेभिगेशन
समाज

सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रधानमन्त्रीबाटै जवाफ आउनेः महामन्त्री बुर्लाकोटी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) महामन्त्री कविन्द्र बुर्लाकोटीले सीमाका बिषयमा दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीबाटै यसको जवाफ आउने बताएका छन्।

मंगलबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री बुर्लाकोटीले बिपक्षी दलहरुले राखेका बिषयमा प्रधानमन्त्री बालेन्द्र शाहले यथोचित समयमा यसको जवाफ दिने बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिपक्षी दलसंगको छलफलमा पनि आफुले यसबारे जानकारी गराएको तर सदनको विरोध नहटाउने जवाफ बिपक्षीबाट आएपछि एक साताका लागि सदन स्थगित भएको उनले बताए। उनले यसबीचमा राजनीतिक छलफल र सम्वाद हुने भन्दै जेठ २५ गते बस्ने बैठकमा अवरोध हट्ने दावी गरे।

Ncell
Extreme Energy

महामन्त्री बुर्लाकोटीले दसगजा क्षेत्रमा दुवै तर्फबाट भूउपयोग भएको देखिएकाले सीमा विवादलाई कूटनीतिक तवरबाट समाधानको पहल गर्नुपर्ने रास्वपाको स्पष्ट धारणा रहेको बताए।

त्यस्तै भारतले मिचेको भूमि फिर्ता हुनुपर्छ भन्ने रास्वपाको मान्यता रहेको उनको भनाइ छ । उनले अव बस्ने प्रतिनिधिसभाको बैठकमा लगातार बजेटका बिषयमा छलफल हुने र समयमा नै पारित हुनेगरि अघि बढ्ने गरि बिपक्षी दलसंग सहमति भएको समेत जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
टुँडिखेलमा दुबो रोप्ने काम तीव्र (तस्बिरहरु)

टुँडिखेलमा दुबो रोप्ने काम तीव्र (तस्बिरहरु)

काठमाडौं महानगरपालिका तथा सम्बन्धित निकायहरूको समन्वयमा सञ्चालन भइरहेको उक्त कार्यक्रमअन्तर्गत टुँडिखेलमा दुबो रोप्ने, हरियाली संरक्षण गर्ने तथा खुला क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने काम भइरहेको छ। काठमाडौं उपत्यकाको मुटुमा...
रास्वपाको सुदूरपश्चिम सभापतिमा विष्ट निर्वाचित

रास्वपाको सुदूरपश्चिम सभापतिमा विष्ट निर्वाचित

सभापतिको दोस्रो कार्यकालका लागि विष्ट पुनः निर्वाचित भएका हुन्। पराजित भएका धामी प्रतिनिधि सभा सदस्य हुन् । उनी कञ्चनपुर–१ बाट विजयी भएका हुन् । सभापतिसहित १६ भूगोल र...
यस्ता छन् लुम्बिनीको बजेटको विशेषता

यस्ता छन् लुम्बिनीको बजेटको विशेषता

प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्र, द्वितीयक क्षेत्र र सेवा क्षेत्रको योगदान क्रमशः ३०.२ प्रतिशत, १४.८ प्रतिशत र ५४.९ प्रतिशत रहने बजेटमा प्रारम्भिक अनुमान छ । यसबाट लुम्बिनी...
राहदानी विभागका महानिर्देशकसहित ४ जना अख्तियारको नियन्त्रणमा

राहदानी विभागका महानिर्देशकसहित ४ जना अख्तियारको नियन्त्रणमा

अख्तियार स्रोतका अनुसार मंगलबार नियन्त्रणमा लिइएका महानिर्देशक अर्याल, विभागका अन्य दुई उच्च अधिकारी र एक व्यवसायीमाथि हिरासतमा राखेर बयान लिन सुरु गरिएको छ।