नेभिगेशन
समाज

भारत भन्छः 'सीमा समाधान गर्न द्विपक्षीय संयन्त्र छन्, कुनै तेस्रो पक्षको भूमिका हुँदैन'

काठमाडौँ । भारतले नेपाल भारतको द्विपक्षीय विषयमा तेस्रोपक्षको संलग्नता अस्वीकार गरेको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैशवालले यस्तो स्वीकार्य नहुने बताएका हुन् ।

आज विदेश मन्त्रालयमा भएको साप्ताहिक मिडियामा ब्रिफिङका क्रममा जैशवालले सीमा सम्बन्धी सबै पक्षहरू समाधान गर्न द्विपक्षीय संयन्त्रहरू स्थापना गरेको उल्लेख गर्दै उनले भने, ‘सम्बन्धित सबै पक्षले स्पष्ट रूपमा बुझ्नुपर्छ कि भारत र नेपालबीचको द्विपक्षीय विषयमा कुनै तेस्रो पक्षको भूमिका हुँदैन,’।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


नेपालका प्रधानमन्त्रीले भारत–नेपाल सीमासम्बन्धी गरेका टिप्पणीहरू तथा यस विषयमा नेपालका परराष्ट्र मन्त्रालयले पछि जारी गरेको वक्तव्य आफूहरु जानकार रहेको भन्दै प्रवक्ता जैशवालले भने, ‘भारत–नेपाल सीमाको करिब ९८ प्रतिशत भाग सीमांकन भइसकेको भए पनि केही खण्डहरू अझै समाधान हुन बाँकी छन्। गण्डक नदीको बहावको दिशा परिवर्तन भएका कारण यस्तो अवस्था उत्पन्न भएको हो’ ।

Ncell
Extreme Energy


उनले यसका अतिरिक्त, सीमांकन भइसकेका सीमा खण्डहरूमा सीमापार कब्जा तथा दजगजामा अतिक्रमण भएका केही घटनाहरू पनि रहेको उनले उल्लेख गरे । ‘जसको हाल दुवै पक्षले संयुक्त रूपमा नक्साङ्कन गरिरहेका छन्,’उनले भने ।

प्रधानमन्त्री शाहले संसद्‌मा प्रश्नोत्तरका क्रममा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति पनि दिएका थिए । त्यही अभिव्यक्तिका कारण अहिले संसद्मा विपक्षीहरूले विरोध गरिरहेका छन् । सडकमा पनि प्रधानमन्त्रीको विरोध भइरहेको छ ।

नेपाल भारत मामिलाका जानकारहरूले प्रधानमन्त्री शाहको अभिव्यक्तिले नेपालको कूटनीतिक अडान कमजोर हुने भन्दै चिन्ता पनि व्यक्त गरिरहेका छन् । प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनुपर्ने संसद्को रेकर्डबाट हटाउनुपर्ने माग भइरहेको छ ।

प्रधानमन्त्रीले बोल्ने क्रममा नेपाल भारत सीमाको विषय तत्कालीन ब्रिटिस सरकारसँग भएको सुगौली सन्धीसम्म जोडिने उल्लेख गर्दै यसमा इंग्ल्याण्डसँग पनि कुरा गर्नुपर्ने हुनसक्ने धारणा राखेका थिए ।
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा विवाद समाधानमा बेलायतलाई पनि जानकारी मागेको बताएका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...