नेभिगेशन
समाज
रवि लामिछानेको भारत भ्रमण

रविलाई भेटेपछि भाजपा अध्यक्षले के भने ?

काठमाडौँ।  भारतिय जनता पार्टी(भाजपा)का अध्यक्ष नीतिन नविनले रास्वपा सभापति रवि लामिछानेलाई भाजपा मुख्यालयमा संवाद गर्न पाउँदा खुसी लागेको बताएका छन्। 

भाजपा मुख्यालयमा रवि लामिछानेसँगको भेटवार्तापछि सामाजिक सञ्जालमा तस्बिर राख्दै अध्यक्ष नीतिनले संवाद गर्न पाउँदा खुसी लागेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साथै नविनले भाजपा र रास्वपाबीच पार्टी टु पार्टी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा सार्थक छलफल भएको उल्लेख गरेका छन् । 

Marvel
Extreme Energy

उनका अनुसार सदस्यता विस्तार, उम्मेदवार छनोट प्रक्रिया तथा जमीनी तहका कार्यकर्तासँग भाजपाको गहिरो सम्बन्धका बारेमा रास्वपाले चासो राखेको थियो । 

उनले  भेटका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्व विकास र जनसेवामा भाजपाको शासन मोडेलका बारेमा समेत छलफल भएको उल्लेख गरेका छन् । 

उनले भनेका छन्ः

'KNOW BJP पहलअन्तर्गत भाजपा मुख्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) नेपालका सभापति श्री रवि लामिछानेज्यू तथा उहाँसँग आउनुभएको प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा र उहाँहरूसँग संवाद गर्न पाउँदा खुशी लागेको छ।

BJP–राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) बीच पार्टी-टु-पार्टी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा सार्थक छलफल भयो। उहाँहरूलाई भाजपाको शीर्ष तहदेखि बुथ तहसम्मको संगठनात्मक संरचनाबारे जानकारी गराइयो। साथै सदस्यता विस्तार, उम्मेदवार छनोट प्रक्रिया तथा जमीनी तहका कार्यकर्तासँग भाजपाको गहिरो सम्बन्धका बारेमा उठाइएका प्रश्नहरूको उत्तर पनि दिइयो।

माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूको नेतृत्वमा विकास र जनसेवामा भाजपाको शासन मोडेलको केन्द्रमा कसरी रहेका छन् भन्ने विषयमा पनि विस्तृत छलफल भयो।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले ५४ बलमा अविजित १२५ रन बनाए । उनको इनिङ्समा ७ चौका र ११ छक्का समावेश थिए । अर्का...
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे । उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनःनिर्माणका...
एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलमा ३९ रन बनाउँदै अविजित रहे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए ।