नेभिगेशन
समाज

भारतमा रविलाई ‘रेड कार्पेट’

रास्वपा सभापति रवि लामिछाने भारतको पाँच दिने भ्रमणका क्रममा यतिबेला नयाँ दिल्लीमा छन् ।सोमबार दिउँसो नयाँ दिल्ली पुगेका रवि लामिछानेले मंगलबार भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वसँग वार्ता गरे । लामिछानेले आजै भारतका गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गरे । 

Rabi-Lamichhane-amit-shah-1780411367.jpg
रास्वपा सभापति रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाह

भाजपा– रास्वपा वार्ता पूर्वनिर्धारित थियो । तर, वार्ताअघि नै रवि लामिछानेले नेपाल–भारत सम्बन्धका बारेमा आफ्नो धारणा सार्वजनिक गरे, त्यो पनि भारतको चर्चित पत्रिका हिन्दूस्तान टाइम्समार्फत ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
RABI-1780379112.jpg
रवि लामिछानेले हिन्दुस्तान टाइम्समा लेखेको आर्टिकल (उक्त लेख पढ्को लागि फोटोमा क्लीक गर्नुहोस् )

रविले दुई देशबीचको सम्बन्ध सुधारमा कुन कुन सूत्र अघि सारेका छन् ? उनले भनेको विकास कूटनीति के हो ? त्यो भन्दा पहिला आज नयाँ दिल्लीमा के के भयो? यी सबै विषय आजको द रिपोटरमा । 

Ncell
Extreme Energy

भाजपाको निम्तोमा नयाँ दिल्ली पुगेका रवि लामिछाने समग्र भारत र भाजपाका लागि विशिष्ट पाहुना हुन् । त्यसको पुष्टि भाजपाले रवि नेतृत्वको नेपाली टिमलाई गरेको स्वागतबाटै पुष्टि भएको छ ।  रवि नेतृत्वको प्रतिनिधि मण्डल नयाँ दिल्लीको दिनदयाल मार्गस्थित भाजपाको मुख्यालय पुग्दा भव्य स्वागत गरियो । 

परम्परागत सांस्कृतिक झाँकी र फूलमालासहित नेपाली प्रतिनिधि मण्डलको स्वागत गरिएको थियो । त्यसपछि भाजपा अध्यक्ष नीतिन नवीनले रास्वपा अध्यक्ष रवि लामिछानेलाई भाजपा मुख्यालयमा स्वागत गरे । 

nitin-nabin-rabilamichhane-1780404378.jpg
रास्वपा सभापति रवि लामिछाने र भाजपा अध्यक्ष नीतिन नवीन

भाजपा अध्यक्षले केन्द्रीय कार्यालयको संरचनाबारे जानकारी गराए, भाजपा नेताहरुले त्यहाँ रहेको मिडिया सेन्टर पनि अबलोकन गराए । त्यसपछि सुरु भयो– दुई पक्षबीच औपचारिक वार्ता । 

नेपाल र भारतका दुई सत्तारुढ दलका शीर्ष नेताहरुका बीचमा दुई देशको सम्बन्धसँगै दुई दल बीचको सम्बन्धमा पनि खुलेरै छलफल भयो । 

नेपालका नेताहरुमा एउटा अचम्मको रोग छ । बाहिर राष्ट्रवादका चर्को कुरा गर्छन् । जब उनीहरु दिल्ली पुग्छन्, दिल्लीको नेतृत्वसँग गोप्य वार्ता गर्छन्, राष्ट्रिय स्वार्थमा भन्दा आफ्नो र आफू नेतृत्वको दलको स्वार्थमा कुरा गर्छन् । 

तर यसपालि रास्वपा सभापति रवि लामिछानेले त्यस्तो प्रवृत्तिमा पनि क्रम भंग गरेका छन् । भारतीय नेतृत्वसँग खुलेर कुरा गरेका छन् । कुरा गर्नुअघि नै आफ्नो धारणा सार्वजनिक गरेका छन् । त्यो पनि भारतकै प्रतिष्ठित पत्रिका हिन्दूस्तान टाइम्समार्फत । 

भारत भ्रमणका क्रममा राजनीतिक भेटवार्ता सुरु गर्नुअघि रविको लेख हिन्दूस्तान टाइम्समा प्रकाशित भयो । उनको यो लेखको सर्वत्र चर्चा र प्रशंसा भइरहेको छ । यही लेखमार्फत रविले नेपाल–भारत सम्बन्ध सुधारका लागि नयाँ सूत्र सार्वजनिक गरेका छन्, सम्बन्धका आयामलाई रिसेट गर्नुपर्ने बताएका छन् । दुई देशबीचको सम्बन्धलाई कसरी रिसेट गर्न सकिन्छ ? त्यसको सूत्र पनि रविले त्यही लेखमार्फत दिएका छन् ।

rabi-and-jaisankar_sidhakura-1780401087.jpg
रास्वपा सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री डा. एस. जयशंकर

भारतीय मिडियाहरुले रविलाई जेनजी आन्दोलनले स्थापित गरेका नेताका रुपमा चर्चा गरिरहेका छन् । उनीहरुको तर्क एक हदसम्म के ठीक छ भने– जेनजी आन्दोलनले रास्वपालाई सबैभन्दा ठूलो दलका रुपमा स्थापित गरेको हो । र, जेनजी आन्दोलनको अपनत्व र स्वामित्व लिने दल पनि रास्वपा नै हो । 

नेपालको ‘नयाँ राजनीतिक यथार्थ’ का बारेमा रविले सुरुमै भनेका छन्– रास्वपाले पाएको मत आक्रोश र आशा दुवैको प्रतिनिधित्व हो । उनले यो पनि भनेका छन्– ‘विगतका नेताहरूको ससाना सम्झौता र गुप्त समझदारीहरूमा अल्झिएका छैनौँ। हामी भारत र विश्वलाई खुला हृदय, स्पष्ट दृष्टिकोण र एउटा पारदर्शी एजेन्डाका साथ हेर्छौँ त्यो हो, नेपालको आर्थिक रूपान्तरण।

रास्वपा सरकार र रास्वपा नेतृत्वका लागि सबैभन्दा बलियो पक्ष यही हो । यही आत्मबलका आधारमा रविले खुला हृदय र ठाडो शिर गरेर भारतीय नेतृत्वसँग वार्ता गरिरहेका छन् । 

रविको अर्को सूत्र छ– सिमाना मात्र होइन, अर्थतन्त्र जोड्ने

भारतसँग नेपाल तिनतिरबाट जोडिएको छ । तर, भारतले जुन गतिमा आर्थिक विकास गरिरहेको छ, त्यसमा भने नेपाल अझै जोडिन सकेको छैन । त्यसैले उनले भनेका छन्– नेपाल केवल सिमाना मात्र जोड्न चाहँदैन, सिङ्गो अर्थतन्त्रसँग जोडिन चाहन्छ । रास्वपा सभापति रवि लामिछानेले पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई र बेंगलुरुजस्ता सहरमा सिधा उडान सञ्चालन गर्ने, काठमाडौँ–बेंगलुरु डिजिटल करिडोर स्थापना, गुजरातको औद्योगिक पूर्वाधार तथा सिमानामा रासायनिक मल कारखाना स्थापना जस्ता महत्वपूर्ण विषय पनि उठाएका छन् । 

ऊर्जा, सूचना प्रविधि, डिजिटल भुक्तानी, फिनटेक र क्रस बोर्डर  प्लेटफर्महरूमा सहकार्य गर्न नेपालले चाहेको पनि रविले स्पष्ट पारेका छन् । 

रविले उठाएको अर्को विषय हो– विकास कूटनीति

भूराजनीतिका कारण नेपाल–भारत सम्बन्धमा बेला बेलामा टकराब आइरहन्छ । तर, अब यो टकरावबाट टाढा रहेर रास्वपा दुई देशबीचको सम्बन्धलाई विकास कूटनीतिमा केन्द्रित गर्न चाहेको रविको भनाइ छ । रविले भनेका छन्– हिमालयका चुचुराहरूदेखि जनकपुर, लुम्बिनी र बोधगयाका पवित्र सर्किटहरूसम्म, हाम्रो पर्यटन क्षमता एकापसमा निर्भर छ। हामीले यस्ता पर्यटन सर्किटहरू निर्माण गर्नुपर्छ जसले विश्वभरका पर्यटकहरूलाई कुनै प्रशासनिक झन्झटविना हाम्रो साझा सम्पदाको अनुभव गर्न अनुमति दिओस्।
नेपाली खेलाडी र नेपाली रंगशालाहरूलाई आईपीएल फ्रेन्चाइजीमा कसरी एकीकृत गर्न सकिन्छ भन्नेबारे पनि आफूहरुले गम्भीरतापूर्वक विचार गरिरहेको रविले बताएका छन् । 

रविको अर्को सूत्र– आपसी विश्वासको जग निर्माण

रविले यही भ्रमणमा दुई देशको सम्बन्धलाई नयाँ आयामबाट अगाडि बढाउने सन्दर्भ पनि उजागर गरेका छन् । ‘मुख्य मुद्दाहरूलाई कार्पेटमुनि लुकाएर साँचो मित्रता हासिल गर्न सक्दैनौँ’ रविले भनेका छन् । पछिल्लो समय देखिएको सीमा विवादका बारेमा रविको स्पष्ट भनाइ छ– यस्ता विवादहरू लम्बिनु हुँदैन। ऐतिहासिक तथ्य र आपसी समझदारीका आधारमा समाधान हुन सक्छन् । 

रविले यसपालि अघि सारेको अर्को महत्वपूर्ण एजेण्डा हो– नेपाल–भारत सम्बन्धलाई रिसेट गर्ने । 

तर, यो कसरी ? यसको उपाय पनि उनले सुझाएका छन् । र, त्यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १२ वर्षअघि नेपाल भ्रमण गर्दा व्यक्त गरेको धारणालाई आधार मानेका छन् । 

अहिले नेपाल फेरिएको छ । नेपाली जनताको मानसिकता फेरिएको छ । भ्रष्टाचार र अस्थिरता त इतिहास भइसकेको छ । युवा र सचेत मतदाताले राजनीतिक सम्झौता होइन, संस्थागत कार्यसम्पादनको भाषा बोल्ने व्यावसायिक नेतृत्व चयन गरेका छन् । यो अवस्थामा दुई देशको सम्बन्धलाई पुनः परिभाषित र पुनस्र्थापित गर्नुपर्ने अबस्था आएको रविको तर्क छ । साझा भविष्यको असीम सम्भावनाहरूले परिभाषित गर्ने साझेदारी निर्माण गरौँ– रविले भारतीय नेतृत्वसँग प्रस्ताव गरेका छन् । 

यो कसरी सम्भव छ त ? रविले अगस्ट ३, २०१४ को दिन सम्झिएका छन् । त्यस दिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्लाई सम्बोधन गरे । त्यति मात्रै होइन, मोदीले सडकमै ओलिएर नेपाली जनतासँग प्रत्यक्ष अन्तक्र्रिया गरेका थिए । मोदीले उतिबेलै भनेका थिए– भारत र नेपालको सम्बन्ध हिमालय र गङ्गाजत्तिकै प्राचीन छ, जुन कागजातहरूभन्दा धेरै माथि छ । 

हो यही मान्यतालाई आधार मान्ने हो भने दुई देशबीच अहिले जुन जुन समस्या देखिएका छन्, भोलिका दिनमा ती अवसर बन्न सक्ने छन् । अहिले देखिएको अविश्वास भोलिका दिनमा आत्मीयताको आधार बन्न सक्ने छन् । हाम्रा सिमाना सिमानाहरू बाधक होइन, पुल बन्ने छन् । 

रविले भने झै पछिल्ला १२ वर्षमा बागमती र गङ्गामा धेरै पानी बगिसकेको छ । नदीहरु आफ्नो बाटोमा निरन्तर बगिरहेका छन् । नदीलाई कुनै पहाड वा चट्टानले रोक्न सक्दैन, आफ्नो बाटो आफैं बनाउँछ । यसैगरी, हाम्रो इतिहास, परम्परा, गौरव र संस्कारलाई ख्याल गर्ने हो भने नेपाल र भारतको सम्बन्धलाई पनि कसैले बिगार्न सक्दैन । 

रास्वपा सभापति रवि लामिछानेले भारत भ्रमणको पहिलो दिन नै दुई देशबीचको सम्बन्ध, विकास र सहकार्यबारे आफ्नो स्पष्ट धारणा सार्वजनिक गरे । त्यही अवधारणामा रहेर भारतीय नेतृत्वसँग छलफल, वार्ता र कुराकानी गरिरहेका छन् । 

एजेण्डाले स्थापित गरेको दल हो– रास्वपा । युवाहरुको साहस, हिम्मत, आँट र विद्रोहले स्थापित दल हो– रास्वपा । जनताको चाहना, आशा र भरोसाले बनेको दल हो– रास्वपा । त्यसैले रास्वपालाई न कसैसँग झुक्नु छ, न कसैलाई झुकाउनु छ । देशभित्र त रास्वपाले यसलाई व्यवहारमा उतारिसकेको छ । अन्तर्राष्ट्रिय सम्बन्धमा पनि रास्वपाले यसको स्पष्ट संकेत गरेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारतीय नीतिमा भूमिका खेल्ने अमित शाह र रवि लामिछानेको अर्थपूर्ण भेट,  भारतले नेपाल नीतिमा गर्दैछ फेरबदल ?

भारतीय नीतिमा भूमिका खेल्ने अमित शाह र रवि लामिछानेको अर्थपूर्ण भेट,  भारतले नेपाल नीतिमा गर्दैछ फेरबदल ?

भारतीय जनता पार्टीका पूर्वअध्यक्ष समेत रहेका गृहमन्त्री शाहले आफ्नो सात वर्षको कार्यकालसम्म विदेशी नेतासँग औपचारिक भेटवार्ता गरेका छैनन् । नेपालका सन्दर्भमा त छँदैछैन ।
रास्वपा सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता

रास्वपा सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता

सचिवालयका अनुसार भेटघाटको क्रममा दुवै नेताले भारत र नेपालबीचको विशेष सम्बन्धलाई अझ सुदृढ र सशक्त बनाउन सहकार्य गर्दै अघि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् ।
दरबार हत्याकाण्डको २५ वर्षः नारायणहिटीमा श्रद्धाञ्जली दिन पुगे पूर्वराजपरिवारका सदस्य (तस्विरहरु)

दरबार हत्याकाण्डको २५ वर्षः नारायणहिटीमा श्रद्धाञ्जली दिन पुगे पूर्वराजपरिवारका सदस्य (तस्विरहरु)

उक्त घटनामा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास भएको थियो । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति,...
सहकारी बेथिति आयोगको प्रतिवेदन कार्यान्वयनमा, १४ कर्मचारीलाई सोधियो स्पष्टीकरण

सहकारी बेथिति आयोगको प्रतिवेदन कार्यान्वयनमा, १४ कर्मचारीलाई सोधियो स्पष्टीकरण

मन्त्रिपरिषद्को २०८३ जेठ ११ गतेको निर्णयअनुसार सार्वजनिक गरिएको प्रतिवेदनमा सहकारी दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र तथा शाखा कार्यालय स्वीकृति र एकीकरणलगायतका कार्यमा सहकारी सिद्धान्त, मूल्य–मान्यता तथा प्रचलित कानुन...

भर्खरै