नेभिगेशन
समाज

भारतीय नीतिमा भूमिका खेल्ने अमित शाह र रवि लामिछानेको अर्थपूर्ण भेट,  भारतले नेपाल नीतिमा गर्दैछ फेरबदल ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भ्रमणलाइ भारतले निकै महत्व दिएको छ । भारत सरकारको रणनीति र संस्थाापनमा निर्णायक भूमिका खेल्ने गृहमन्त्री अमित शाहले समेत सभापति लामिछानेसँग भेट गर्नुले नेपाल मामिलामा भारतले गम्भीरता देखाएको बुझ्न सकिन्छ । 

अब नेपाल नीतिमा केही परिवर्तन पनि भारतले चाहेको जानकारहरू बताउँछन् । भारतीय जनता पार्टीका पूर्वअध्यक्ष समेत रहेका गृहमन्त्री शाहले आफ्नो सात वर्षको कार्यकालसम्म विदेशी नेतासँग औपचारिक भेटवार्ता गरेका छैनन् । नेपालका सन्दर्भमा त छँदैछैन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृहमन्त्री रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकै विश्वासपात्र शाहले सभापति लामिछानेसँग दुइ देशका विकास कुटनीतिमा जोड दिएका छन् । जुन कुरा लामिछानेले उठाउँदै आएका छन् । रोचक कुरा के छ भने भारतीय गृहमन्त्री शाहले मन्त्रालय सम्हालेदेखि कुनै देशको पनि औपचारिक भ्रमण गरेका छैनन् । भनिन्छ उनीसँग कुटनीतिक बाहेकका आफ्नो राहदानी नै छैन । 

Ncell
Extreme Energy

शाह नेपाल आउन भने चाहेका छन् । यसबारे पनि दुइ नेताबीच कुराकानी भएको छ । भाजपाको निमन्त्रणामा दिल्ली पुगेका रास्वपा सभापति रवि लामिछानेलाइ यसपटक विगतभन्दा विशेष सम्मान दिइएको छ । 

भारतको सत्ता सञ्चालनमा अमित शाह, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल निर्णायक मानिन्छन् । उनीहरूकै सल्लाहमा मोदीले काम गर्ने गरेका छन् । यो सभापति रवि लामिछानेको भारत भ्रमणलाई भाजपा र भारत सरकारले दिएको उच्च सम्मानको उदाहरण हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।