नेभिगेशन
समाज

गर्मीमा आहा फेवाताल (तस्बिरहरू)

पोखरा ।  पछिल्लो समय बढ्दो गर्मीका बीच पर्यटकहरू शीतलता र मनोरञ्जनको खोजीमा पोखराको फेवातालतर्फ आकर्षित हुन थालेका छन्। विशेषगरी आन्तरिक तथा विदेशी पर्यटकहरू गर्मी छल्न फेवातालमा विभिन्न जलक्रीडामा सहभागी भइरहेका छन्।

POKHARA-FEWA-TAL13-1780459802.jpg
 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फेवातालमा पछिल्ला वर्षहरूमा 'स्ट्याण्ड अप प्याडल बोर्डिङ' (एसयूपी) युवापुस्तामाझ लोकप्रिय बन्दै गएको छ। तालको शान्त पानीमाथि विशेष बोर्डमा उभिएर प्याडल चलाउने यो साहसिक तथा मनोरञ्जनात्मक गतिविधिप्रति युवाहरूको आकर्षण बढ्दो छ। शारीरिक सन्तुलन, व्यायाम र मनोरञ्जन एकैसाथ प्राप्त हुने भएकाले एसयूपी धेरैको रोजाइमा पर्न थालेको व्यवसायीहरू बताउँछन्।

Marvel
Extreme Energy

पोखरामा केही समययता तापक्रम वृद्धि भएसँगै फेवाताल क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्या पनि बढेको छ। तालमा डुंगा सयरसँगै स्ट्याण्ड अप प्याडल बोर्डिङ, कायकिङ लगायतका गतिविधिमा सहभागी हुनेहरूको चहलपहल बढेको देखिन्छ।

POKHARA-FEWA-TAL113-1780459808.jpg
 

पर्यटकहरू बिहान र साँझको समयमा फेवातालमा एसयूपी गर्दै हिमाल, ताल र हरियालीको मनोरम दृश्य अवलोकन गर्न पाउँदा छुट्टै आनन्द मिल्ने बताउँछन्। सामाजिक सञ्जालमा आकर्षक तस्बिर तथा भिडियो साझेदारी गर्न सकिने भएकाले पनि युवा पुस्तामा यसको लोकप्रियता बढेको व्यवसायीहरूको भनाइ छ।

जलपर्यटनसँग सम्बन्धित व्यवसायीहरूका अनुसार स्ट्याण्ड अप प्याडल बोर्डिङले पोखराको पर्यटनमा नयाँ आयाम थपेको छ। तालको प्राकृतिक सौन्दर्यसँगै साहसिक अनुभव लिन चाहने पर्यटकहरूका लागि यो गतिविधि आकर्षणको केन्द्र बन्दै गएको छ।

POKHARA-FEWA-TAL112-1780459807.jpg
 

गर्मी बढेसँगै फेवातालमा जलक्रीडाको रमाइलो अनुभव लिन आउने पर्यटकहरूको चाप अझ बढ्ने अपेक्षा गरिएको छ। पर्यटन व्यवसायीहरूले सुरक्षित र व्यवस्थित रूपमा सेवा प्रदान गर्दै पोखरालाई जलपर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गर्ने प्रयास गरिरहेका छन्।

POKHARA-FEWA-TAL---1-1780459783.jpg

POKHARA-FEWA-TAL13-1780459802.jpg

POKHARA-FEWA-TAL13-1780459802.jpg

POKHARA-FEWA-TAL1--7-1780459788.jpg

POKHARA-FEWA-TA---L1-1780459783.jpg

POKHARA-FEWA-TAL1-11-1780459793.jpg

POKHARA-FEWA-TAL1-1780459796.jpg

POKHARA-FEWA-TAL12-1780459799.jpg

POKHARA-FEWA-TAL15-1780459805.jpg

POKHARA-FEWA-TAL14-1780459804.jpg

POKHARA-FEWA-TAL112-1780459807.jpgतस्वीर: अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले ५४ बलमा अविजित १२५ रन बनाए । उनको इनिङ्समा ७ चौका र ११ छक्का समावेश थिए । अर्का...
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे । उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनःनिर्माणका...
एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलमा ३९ रन बनाउँदै अविजित रहे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए ।