नेभिगेशन
समाज

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभा सांसदहरुले अवरोध गरेपछि बैठक स्थगित

काठमाडौँ । नेपाल–भारत सीमासम्बन्धी बिषयमा प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै सांसदहरुले गरेको विरोधका कारण राष्ट्रियसभा बैठक जेठ २६ गते बस्नेगरि स्थगित भएको छ ।

बुधबार राष्ट्रियसभा सुरु हुनेबितिकै राष्ट्रियसभाका सांसदहरुले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति नसच्याएसम्म बैठकको काम कारबाही अघि बढ्न नदिने अडानसहित उठेर विरोध जनाएपछि बैठक एकसातापछि बस्नेगरि स्थगित गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसअघि बैठकमा राष्ट्रियसभा सदस्य सुनिल बहादुर थापाले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैरजिम्मेवार र तथ्यहीन भएकाले माफी माग्दै अभिव्यक्ति फिर्ता लिनुपर्ने बताए।

Ncell
Extreme Energy

उनले प्रधानमन्त्रीको अभिव्यक्ति अपरिपक्व भएकाले यसका कारण छिमेकी राष्ट्रसंगको सम्बन्धमा समेत नकारात्मक असर पर्ने उल्लेख गरेका थिए । प्रधानमन्त्रीसंग सीमा मिचेको तथ्य भए संसदमा प्रस्तुत गर्न उनले माग गरेका थिए ।

सांसदहरुले निरन्तर उठेर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बसेर सदन सञ्चालनका लागि आग्रह गरे। तर बिरोध कायमै रहेपछि उनले जेठ २६ गते बस्नेगरि बैठक स्थगित गरे। प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउदै सांसदहरुको विरोधका कारण राष्ट्रियसभाको बैठक केहिदिन देखि प्रभावित हुदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।