नेभिगेशन
समाज
रविको भारत भ्रमण

नरेन्द्र मोदीसँग रवि लामिछानेको एक घण्टा वार्ता, के भयो कुरा ?

काठमाडौँ । पाँचदिने भारत भ्रमणमा रहेका सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक घण्टा वार्ता भएको जनाएका छन् । उक्त भेटवार्ता फलदायी रहेको सभापति लामिछानेले जनाएका छन् ।

एक घण्टा लामो भेटवार्ता अत्यन्त उपयोगी र फलदायी रहेको बताउँदै सभापति लामिछानेले नेपाल र भारतले विगतका सीमितता र बाधाहरूलाई पार गर्दै विकास–कूटनीतिको नयाँ युगमा प्रवेश गर्ने कुरामा संवाद गरेको जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटवार्ताका क्रममा दुवै पक्षले साझा सभ्यतागत सम्बन्ध, डिजिटल करिडोरहरू र सहज कनेक्टिभिटीमा केन्द्रित भएर प्रगति र आपसी विश्वासमा आधारित साझेदारी निर्माण गर्न सक्नेमा विश्वास लिएका छन्।

Marvel
Extreme Energy

साथै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाल र भारतका जनताका लागि साझा समृद्धिको दिशामा यी सम्भावनाहरूलाई व्यवहारमा रूपान्तरण गर्न उत्सुकता व्यक्त गरेको पनि सभापति लामिछानेले जनाएका छन्।

भेटपछि मोदीको एक्स (ट्विटर) पोस्टलाई सेयर गर्दै लामिछानेले लेखेका छन्–

आज सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको एक घण्टाको अत्यन्त उपयोगी र फलदायी वार्तामा सहभागी हुन पाउनु वास्तवमै ठूलो खुशीको विषय थियो।

म तपाईंको त्यो दृष्टिकोणसँग सहमत छु, जसमा नेपाल र भारतले विगतका सीमितता र बाधाहरूलाई पार गर्दै विकास–कूटनीतिको नयाँ युगमा प्रवेश गर्ने कुरा समावेश छ।

साझा सभ्यतागत सम्बन्ध, डिजिटल करिडोरहरू र सहज कनेक्टिभिटीमा केन्द्रित भएर हामीले वास्तवमै प्रगति र आपसी विश्वासमा आधारित साझेदारी निर्माण गर्न सक्छौं।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले नेपाल र भारतका जनताका लागि साझा समृद्धिको दिशामा यी सम्भावनाहरूलाई व्यवहारमा रूपान्तरण गर्न उत्सुकता व्यक्त गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले ५४ बलमा अविजित १२५ रन बनाए । उनको इनिङ्समा ७ चौका र ११ छक्का समावेश थिए । अर्का...
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे । उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनःनिर्माणका...
एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलमा ३९ रन बनाउँदै अविजित रहे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए ।