नेभिगेशन
समाज

पाँचथरका रमेश र डोल्पाकी सुनसरीलाई अन्नपूर्ण हर्जोग दौडको उपाधि

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बुधबार सम्पन्न दोस्रो अन्नपूर्ण हर्जोग दौड प्रतियोगितामा पुरुषतर्फ ताप्लेजुङका रमेश लिम्बु र महिलातर्फ डोल्पाकी सुनसरी रोका बिजयी भएका छन्।

छैहत्तरऔँ अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण गाउँपालिका–४ नम्बर वडा कार्यालयले आयोजना गरेको चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूूर्ण आधार शिविरदेखि नारच्याङ ३१ दशमलव छ किलोमिटर दूरीमा दौड प्रतियोगिता भएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपाधि विजेता लिम्बूले दुई घण्टा चार मिनेट र रोकाले दुई घण्टा ४७ मिनेट १६ सेकेन्डमा उक्त दूरी पूरा गरी उपाधि हासिल गरेको एथलेटिक्स सङ्घ गण्डकीका महासचिव मनबहादुर थापाले जानकारी दिए।

Ncell
Extreme Energy

उनका अनुसार पुरुषतर्फ मनकुमार रोका काठमाडौँले दुई घण्टा १६ मिनेट ११ सेकेन्डमा दूरी पार गरेर दोस्रो र दुई घण्टा २३ मिनेट १२ सेकेन्डमा दूरी पार गरेर अर्जुन कुलिङ सोलुखुम्बुले तेस्रो स्थान हासिल गरेका छन् ।

महिलातर्फ पुष्पा शेरमा पाँचथरले दुईदुई घण्टा ५२ मिनेट सात सेकेन्डमा दूरी पार गरेर दोस्रो र निर्मला राई खोटाङले द्ई घण्टा ५३ मिनेट ३० सेकेन्डमा उक्त दूरी पार गरेर तेस्रो भएका छन् ।

बिहान ६ः४५ मिनेटमा आधार शिविरदेखि सुरु भएको दौड पञ्चकुण्ड ताल, भुस्केटमेला, गुफाफाँट, साँधीखर्क, फुतफुते झरना, हुमखोला, छोटेपा हुँदै नारच्याङ गाउँ पुगेर समापन भएको थियो ।

प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख २५ हजार, दोस्रोलाई रु ७५ हजार, तेस्रोलाई रु ४३ हजार ७५० नगदसहित प्रमाणपत्र र सान्त्वना हुनेलाई रु १२ हजार ५०० का दरले नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ लोकन्द्र राई सोलुखुम्बु, होमलाल श्रेष्ठ रामेछाप, सनम गुरुङ तनहुँ र महिलातर्फ सन्देभा बुढा जुम्ला, आशमा विक रोल्पा, भिमु बुढा जुम्लाले सन्त्वना पुरस्कार प्राप्त गरे ।

गाउँपालिका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवा पुन तिलिजा, प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य र वडाध्यक्ष लोकबहादुर फगामीले नगद र प्रमाणपत्र प्रदान गरे ।

पुरुषतर्फ १२ जना र महिलातर्फ नौ जना धावकको सहभागिता जनाएका अन्नपूूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले बताए। उनका अनुसार नारच्याङको बेँसी गाउँदेखि सुरु हुने मौरिस हर्जोग पदमार्गलाई विश्वव्यापी रुपमा प्रचारप्रसार गर्ने उद्देश्यले दोस्रो अन्नपूर्ण हर्जोग दौड प्रतियोगिता आयोजना गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।