नेभिगेशन
समाज
रवि लामिछानेको भारत भ्रमण

रविले मोदीलाई दिए शालिग्रामदेखि पशुपतिनाथको चन्दनसम्म उपहार, मिथिलाको दोसल्ला ओढाइदिँदा प्रफुल्लित

काठमाडौँ । भारतको पहिलो औपचारिक भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष उपहार दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा बुधबार भएको एक घण्टा लामो वार्तापछि सभापति लामिछानेले नेपालको तर्फबाट विशेष उपहार प्रदान गरेका हुन् । 

Ncell
Extreme Energy

भगवान शिवको ठूलो भक्त रहेका मोदीलाई सभापति लामिछाने र उनकी धर्मपत्नी निकिता पौडेल लामिछानेले कालीगण्डकीको शालिग्राम, पशुपतिनाथको चन्दन, जनै प्रदान गरेका थिए ।

त्यसैगरी जानकी मन्दिरको फ्रेम दिँदै मिथिला सभ्यता झल्किने विशेष सल (दोसल्ला) ओढाइदिएका थिए । यसैगरी पशुपति नाथ मन्दिरको रिप्लिका (आकृति) पनि प्रदान गरिएको थियो । 

नेपाली प्रतिनिधिमण्डलले आफ्नो आस्था जोडिनेगरी उपहार दिँदा मोदी अत्यन्त हर्षित भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ । 

यसक्रममा मोदीले नेपाल आउँदा आफू पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिरको दर्शन गर्ने मौका पाएको स्मरण गरेका थिए । फेरि पनि पशुपतिनाथ बाबाको दर्शन गर्न समय मिलाएर आउने इच्छा व्यक्त गरेका थिए । 

rabi_modiiiii-1780552845.jpeg

rabi_modiiiiiiii-1780552821.jpeg

rab_modi1-1780553084.jpeg

rabi_modi-1780553084.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।