नेभिगेशन
समाज

भायानेटको वाईफाई ६ इन्टरनेट प्याकेज, “अब स्टेडियम घरमै, मनोरञ्जन अब घरमै”

काठमाडाैँ । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले ग्राहकहरूका लागि नवीनतम वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज रु. १३,८०० प्रति वर्ष, करसहित मा उपलब्ध गराउँदै आएको छ । यस अफरअन्तर्गत रु. २,८२५ पर्ने वाईफाई ६ ओएनयू जडान शुल्क नलाग्ने र केवल रु. १,००० डिपोजिट मात्र लाग्नेछ। यो प्याकेज छिटो, भरपर्दो र आधुनिक इन्टरनेट अनुभव चाहने ग्राहकहरूका लागि उपयुक्त छ।

ग्राहकहरूले यस प्याकेजसँगै भायाटिभी मात्र रु. २५० प्रति महिना, करसहित मा थप गर्न सक्नेछन्। भायाटिभीमा २०० भन्दा बढी च्यानल, प्रत्यक्ष टिभी रोक्ने र फेरि चलाउने सुविधा, कार्यक्रम तालिका, चलचित्र, सिरिज लगायतका मनोरञ्जन सुविधा उपलब्ध छन्। साथै, वार्षिक प्याकेज लिने ग्राहकहरूले पहिलो सेट-टप-बक्सका लागि रु. २,२६० पर्ने सक्रिय शुल्क नलाग्ने सुविधा पाउनेछन्। सेट-टप-बक्सका लागि केवल रु. १,००० डिपोजिट मात्र लाग्नेछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ग्राहकहरूलाई थप फाइदा दिन भायानेटले डामी एप सँग पनि सहकार्य गरेको छ । यस अफरअन्तर्गत वार्षिक प्याकेज नवीकरण गर्ने ग्राहकहरूले रु. १,५०० बराबरको १ वर्षको डामी एप सदस्यता निःशुल्क पाउन सक्नेछन्। डामी एपमार्फत ग्राहकहरूले रेस्टुरेन्ट, कपडा पसल, सैलुन, खुद्रा पसल लगायत विभिन्न ठाउँमा आकर्षक छुट पाउन सक्नेछन्। यो सुविधा हाल काठमाडौं, पोखरा र चितवन का ग्राहकहरूका लागि मात्र लागू हुनेछ।

Ncell
Extreme Energy

भायानेटको उच्च गतिको वाईफाई ६ इन्टरनेट, भायाटिभीको मनोरञ्जन सुविधा र डामी एपको बचत सुविधासँगै ग्राहकहरूले घरमै राम्रो मनोरञ्जन र बाहिर किनमेल तथा सेवामा थप बचतको लाभ लिन सक्नेछन्। भायानेटको यस सिजनको सन्देश हो — “अब स्टेडियम घरमै, मनोरञ्जन अब घरमै।”

यसैबीच, भायाटिभी ग्राहकहरूले फुटबल विश्वकप २०२६ हेर्न आवश्यक कुपन पनि भायानेटमार्फत खरिद गर्न सक्नेछन्।

फुटबल विश्वकप २०२६ को नेपालमा प्रसारण गर्ने अधिकार हिमालय टिभी सँग रहेको छ। हिमालय टिभीले तोकेको दरअनुसार ग्राहकहरूले रु. ९९९ प्रति टिभी मा कुपन खरिद गरी भायाटिभीमार्फत हिमालय स्पोर्ट्स च्यानल मा खेलहरू प्रत्यक्ष हेर्न सक्नेछन्।

ग्राहकहरूले ईसेवा, खल्ती, फोनपे, कनेक्ट आइपिएस लगायतका अनलाइन भुक्तानी एपमा “भायानेट खोजेर आफ्नो भायानेट ग्राहक आईडी राखी कुपन खरिद गर्न सक्नेछन्। साथै, भायाटिभीमा हिमालय स्पोर्ट्स च्यानल खोल्दा देखिने क्युआर कोड स्क्यान गरेर पनि कुपन खरिद गर्न सकिनेछ।

भुक्तानी पूरा भएपछि ग्राहकहरूले भायाटिभीमा हिमालय स्पोर्ट्स च्यानल खोली, खरिद गरिएको कुपन छानेर च्यानल सक्रिय गर्न सक्नेछन्।

एउटा कुपन एउटा टिभीमा मात्र प्रयोग गर्न सकिनेछ। एकपटक कुनै टिभीमा सक्रिय गरिसकेपछि उक्त कुपन अर्को टिभीमा सार्न मिल्नेछैन। ग्राहकहरूले नजिकको भायानेट आउटलेटमा गएर पनि कुपन खरिद गर्न सक्नेछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

एनसेलका प्रिपेड ग्राहकहरूले अब प्याक एक्टिभेट गरेर बचत गर्न सक्नेछन्। यो योजनामा सहभागी हुन ग्राहकहरूले रु. ५० वा सोभन्दा माथिको योग्य प्याक एक्टिभेट गर्नुपर्छ । एक्टिभेसनपछि ग्राहकहरूले रिवार्ड...
Ultima Lifestyle ले ६० घण्टा ब्याट्री ब्याकअप भएकाे Headphones ल्याउँदै, पहिलो १९ जना ग्राहकले १९ रुपैयाँमै पाउने

Ultima Lifestyle ले ६० घण्टा ब्याट्री ब्याकअप भएकाे Headphones ल्याउँदै, पहिलो १९ जना ग्राहकले १९ रुपैयाँमै पाउने

कलिङका क्रममा स्पष्ट आवाजका लागि Environmental Noise Cancellation (ENC) प्रविधि प्रयोग गरिएको छ । हल्का Over-Ear Design, नरम Ear Cushions, IPX4 Sweat & Splash Resistance, Voice Assistant Support,...
सीआईबीले किन बोलायो उपेन्द्र महतोलाई ?

सीआईबीले किन बोलायो उपेन्द्र महतोलाई ?

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले व्यवसायी एवं गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र यादवलाई बोलाएर सोधपुछ गरेको छ।
एनसेलले सरकारलाई फेरि पत्र लेखेर भन्यो– विगतका सरकारले गरेका निर्णय सच्याइयोस्

एनसेलले सरकारलाई फेरि पत्र लेखेर भन्यो– विगतका सरकारले गरेका निर्णय सच्याइयोस्

‘मन्त्रिपरिषद्को फागुन ६, २०८० र भदौ १३, २०८१ को निर्णय र सो निर्णय बमोजिम नेपाल दूरसञ्चार प्राधिकरणद्वारा अनुमतिपत्र नवीकरण गर्दा तोकिएका सर्तहरु गैरकानुनी र अन्यायपूर्ण रहेकोले सोलाई पुनरवलोकन...