नेभिगेशन
समाज

नेपाली कांग्रेस बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्वन गर्ने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्वन गर्ने निर्णय गरेको छ । 

पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कांग्रेस अनुशासन समितिको वैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई निर्वाचनमा हराउन लागेको भन्ने उजुरीका आधारमा स्पष्टिकरण माग गर्दा कुनै जवाफ नदिएको भन्दै अनुशासन उल्लघंन गरेको कसुरमा अन्तिम निर्णय नहुन्जेल सम्मका लागि कामकाज गर्न नपाउने गरी निलम्वन गर्ने निर्णय गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पार्टीको उम्मेदवारलाई असहयोग गरेको उजुरी सम्बन्धमा छानविन पश्चात सर्लाहीका प्रदेशसभा सदस्यहरु सकुन्तीदेवी महरा, कौशल किशोर राय र जंगीलाल रायलाई आगामी दिनमा गुनासो नआउने गरी सजगताका साथ पार्टीको विधान, नियमावलीप्रति पूर्ण प्रतिवद्ध रही दत्तचित्तका साथ पदीय जिम्मेवारी अनुरुप कार्य गर्न निर्देशन दिएको छ ।

Ncell
Extreme Energy

त्यस्तै बैठकले वारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउत (पाल) का उपर परेको उजुरीको सम्बन्धमा स्पष्टिकर सोध्दा सन्तोषजनक जवाफ आएकाले थप कारवाही गर्नुपर्ने अवस्था नदेखिएकोले निजमाथि लगाइएको आरोपबाट सफाई पाउने ठहर गरेको अनुशासन समितिका संयोजक तारामान गुरुङले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

सङ्घीय निर्वाचन क्षेत्र अधिवेशनले पार्टीको महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यहरू पनि चयन गर्नेछ । महासमिति सदस्यका रूपमा हरेक निर्वाचन क्षेत्रबाट महिला दुई, खुला पाँच, ३५ वर्षमुनिका युवा...
पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।
युएनको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले भने– सङ्कट आएपछि मात्र प्रतिक्रिया दिने शैली फेरौँ

युएनको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले भने– सङ्कट आएपछि मात्र प्रतिक्रिया दिने शैली फेरौँ

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत भएको ‘प्यान्डेमिक प्रिभेन्सन, प्रिपेयर्डनेस एन्ड रेस्पोन्स’ (महामारी रोकथाम, पूर्वतयारी तथा प्रतिकार्य) विषयमा आज भएको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले सङ्कट आएपछि मात्र प्रतिक्रिया दिने...
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको छत्तीसगढ तथा उत्तरपूर्वी मध्य प्रदेशमा रहेको न्यून चापीय प्रणाली हाल...