नेभिगेशन
समाज

मेरा व्यक्तिगत, पार्टीगत मुद्दा केही पनि छैनन्, मेरो मुद्दा नेपाल र नेपालीको उन्नतिमा मात्र केन्द्रित छः रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समृद्धिको ढोका खोल्न नयाँ दिल्ली आएको बताएका छन् । उनले यस भ्रमणका क्रममा आफ्नो कुनै व्यक्तिग राजनीतिक मुद्दा नभएको उल्लेख गरेका हुन् । 

५ दिने भ्रमणका क्रममा दिल्लीमा रहेका सभापति लामिछानेले भारतमा रहेका नेपालीहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेका थिए । प्रवासी नेपाली सम्पर्क मञ्च भारतद्वारा नयाँ दिल्लीमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले देशको उन्नती नै आफ्नो भ्रमणको उद्देश्य रहेको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘नयाँ दिल्लीमा राजनीतिक ढोका खोल्न त धेरै मानिसहरू आए। म यस पटक समृद्धिको ढोका खोल्न नयाँ दिल्ली आएको हुँ । समृद्ध नेपाल जुन एउटा सपना, जुन हामीले सिङ्गो युगदेखि देखिरहेका थियौँ, त्यसमा सहकार्य गर्ने एजेन्डा बोकेर म यहाँ आएको हुँ । उनले भने, ‘मेरा व्यक्तिगत मुद्दा केही पनि छैनन्, पार्टीगत मुद्दा केही पनि छैनन् । मेरो मुद्दा नेपाल र नेपालीको उन्नतिमा मात्र केन्द्रित छ ।’ 

Ncell
Extreme Energy

त्यस्तै उनले अब हामी सम्मानित मात्र भएर नपुग्ने र समृद्ध हुनुपर्ने बताएका छन् । आफू वैदेशिक रोजगारीमा जानेहरुको पीडासँग जानकार रहेको बताउँदै प्रवासी नेपालीको समस्या समाधान गर्ने समेत बताए । 

भारत भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री डा. एस. जयशंकर, भाजपा अध्यक्ष लगायतसँग भेटवार्ता गरेका थिए । दिल्लीको कार्याक्रमलाई सम्बोधन गरी लामिछाने अयोध्यातर्फ लागेका छन् । उनी शुक्रबार साँझ नेपाल आइपुग्ने छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

सङ्घीय निर्वाचन क्षेत्र अधिवेशनले पार्टीको महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यहरू पनि चयन गर्नेछ । महासमिति सदस्यका रूपमा हरेक निर्वाचन क्षेत्रबाट महिला दुई, खुला पाँच, ३५ वर्षमुनिका युवा...
पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।
युएनको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले भने– सङ्कट आएपछि मात्र प्रतिक्रिया दिने शैली फेरौँ

युएनको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले भने– सङ्कट आएपछि मात्र प्रतिक्रिया दिने शैली फेरौँ

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत भएको ‘प्यान्डेमिक प्रिभेन्सन, प्रिपेयर्डनेस एन्ड रेस्पोन्स’ (महामारी रोकथाम, पूर्वतयारी तथा प्रतिकार्य) विषयमा आज भएको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले सङ्कट आएपछि मात्र प्रतिक्रिया दिने...
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको छत्तीसगढ तथा उत्तरपूर्वी मध्य प्रदेशमा रहेको न्यून चापीय प्रणाली हाल...