नेभिगेशन
समाज

इपीजी प्रतिवेदन रहेको दराजको साँचो  परराष्ट्र मन्त्रालयलाई बुझाइयो

काठमाडौँ । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन औपचारिक रूपमा पेस नभएको र त्यो केवल परराष्ट्र मन्त्रालयको दराजमै  सीमित रहेको छ । ईपीजीका नेपाल संयोजक डा. भेषबहादुर थापाले मन्त्रालयलाई प्रतिवेदन नभई प्रतिवेदन राखिएको दराजको साँचो मात्र हस्तान्तरण गरेका छन्। 

उमेरले वृद्ध थापाले आफ्नो स्वास्थ्यका कारण कालान्तरमा सरकारकै सम्पत्तिकारुपमा रहने भएकाले पनि साँचो हस्तान्तरण गरेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल र भारतबीच १९५० को मैत्री सन्धि लगायतका पुराना सम्झौता पुनरावलोकन गरी सुझाव दिन दुवै देशका प्रधानमन्त्रीको पहलमा सन् २०१६ मा ईपीजी गठन गरिएको थियो । सन् २०१८ मै प्रतिवेदन तयार भए पनि दुवै देशका प्रधानमन्त्रीले बुझ्न समय नदिएका कारण प्रतिवेदन हालसम्म अलपत्र अवस्थामा छ ।

Ncell
Extreme Energy

ईपीजी दुवै देशका प्रधानमन्त्रीहरूको विशेष म्यान्डेटमा बनेकाले प्रतिवेदन खोल्ने र यसको अन्तिम निर्णय गर्ने अधिकार पनि उनीहरूमै छ ।

लामो समयदेखि दुई देशबीचको कूटनीतिक गतिरोधका रूपमा रहेको ईपीजी प्रतिवेदनलाई लिएर नेपालमा सरकारले आफैँले ग्रहण गर्नुपर्ने वा सार्वजनिक गर्नुपर्ने दबाब बढिरहेको छ । 

कुटनीतिक क्षेत्रका जानकारका अनुसार ईपीजी प्रतिवेदन नेपालकै हितमा समेत छैन । भारतका लागि नेपालका पूर्वराजदुत   शंकर शर्माले ईपीजी प्रतिवेदनका कतिपय बुँदा नेपालका हितमा समेत नरहेको उल्लेख गरेका छन् । यद्यपि प्रतिवेदन दुबै देशका परराष्ट्र मन्त्रालयका दराजमा थन्किएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

सङ्घीय निर्वाचन क्षेत्र अधिवेशनले पार्टीको महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यहरू पनि चयन गर्नेछ । महासमिति सदस्यका रूपमा हरेक निर्वाचन क्षेत्रबाट महिला दुई, खुला पाँच, ३५ वर्षमुनिका युवा...
पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।
युएनको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले भने– सङ्कट आएपछि मात्र प्रतिक्रिया दिने शैली फेरौँ

युएनको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले भने– सङ्कट आएपछि मात्र प्रतिक्रिया दिने शैली फेरौँ

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत भएको ‘प्यान्डेमिक प्रिभेन्सन, प्रिपेयर्डनेस एन्ड रेस्पोन्स’ (महामारी रोकथाम, पूर्वतयारी तथा प्रतिकार्य) विषयमा आज भएको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले सङ्कट आएपछि मात्र प्रतिक्रिया दिने...
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको छत्तीसगढ तथा उत्तरपूर्वी मध्य प्रदेशमा रहेको न्यून चापीय प्रणाली हाल...