नेभिगेशन
समाज

रास्वपा सभापति लामिछानेले गरे अयोध्यास्थित राम मन्दिरको दर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले अयोध्यास्थित राम मन्दिरको दर्शन गरेका छन् ।

नयाँ दिल्लीबाट बिहीबार बेलुका उत्तर प्रदेशको राजधानी लखनउ पुगेका सभापति लामिछानेले शुक्रबार विहान अयोध्या पुगेर मर्यादा पुरुष भगवान रामचन्द्रको मन्दिरको दर्शन गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति लामिछाने, उनकी पत्नी निकिता पौडेल लामिछाने, रास्वपा सहमहामन्त्री विपीन आचार्य, विदेश विभाग प्रमुख दिपक बोहरा र सभापतिका स्वकीय सचिव अविनाश आचार्यको टोलीलाई अयोध्यामा मन्दिरका मुल पुजारीले स्वागत गरेका थिए ।

Ncell
Extreme Energy

नेपाली टोलीले मन्दिरको अवलोकन गर्दै ऐतिहासिक तथ्यबारे जानकारी लिएको थियो । 

मन्दिरका मुल पुजारी तथा व्यवस्थापकले भगवान रामको प्रतिमा नेपाली प्रतिनिधिमण्डललाई उपहार स्वरुप दिएका थिए । 

पाँच दिने भारत भ्रमणका लागि १८ जेठमा नयाँ दिल्ली पुगेका सभापति लामिछाने आज स्वदेश फर्किँदैछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

सङ्घीय निर्वाचन क्षेत्र अधिवेशनले पार्टीको महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यहरू पनि चयन गर्नेछ । महासमिति सदस्यका रूपमा हरेक निर्वाचन क्षेत्रबाट महिला दुई, खुला पाँच, ३५ वर्षमुनिका युवा...
पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।
युएनको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले भने– सङ्कट आएपछि मात्र प्रतिक्रिया दिने शैली फेरौँ

युएनको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले भने– सङ्कट आएपछि मात्र प्रतिक्रिया दिने शैली फेरौँ

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत भएको ‘प्यान्डेमिक प्रिभेन्सन, प्रिपेयर्डनेस एन्ड रेस्पोन्स’ (महामारी रोकथाम, पूर्वतयारी तथा प्रतिकार्य) विषयमा आज भएको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले सङ्कट आएपछि मात्र प्रतिक्रिया दिने...
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको छत्तीसगढ तथा उत्तरपूर्वी मध्य प्रदेशमा रहेको न्यून चापीय प्रणाली हाल...