नेभिगेशन
समाज

अन्तर–व्यवस्थापिका सम्मेलन भोलिदेखि टीकापुरमा

काठमाडौँ । संघीय संसदका दुवै सदन र सातवटै प्रदेश सभाबीच समन्वय, सहकार्य तथा संसदीय अनुभव आदानप्रदानलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित उच्चस्तरीय अन्तर–व्यवस्थापिका सम्मेलन सुदूरपश्चिम प्रदेशको टीकापुरमा शनिबार सुरु हुँदैछ।

जेठ २३ र २४ गते सञ्चालन हुने सम्मेलनमा सहभागी हुन प्रतिनिधि सभाका  सभामुख डोलप्रसाद (डीपी) अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभाका उपसभामुख रूवी कुमारी, राष्ट्रिय सभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी लगायत संघीय संसद् तथा प्रदेश सभाका पदाधिकारीहरू आज धनगढी पुगेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार बिहान ८ः३० बजे सम्मेलनको उद्घाटन हुनेछ। सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीको अध्यक्षतामा हुने उद्घाटन सत्रमा प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले संयुक्त रूपमा सम्मेलनको उद्घाटन गर्नेछन् ।

Ncell
Extreme Energy

शनिबार दिउँसो १२ः३० बजेदेखि हुने बन्द सत्रमा संसदीय प्रणाली र कानुन निर्माणसँग सम्बन्धित विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ। कार्यपत्र प्रस्तुतिपछि संघीयता कार्यान्वयनको अवस्था, सभा सञ्चालनका असल अभ्यास, अन्तर–व्यवस्थापिका समन्वय तथा आगामी कार्यदिशाका विषयमा सहभागीहरूबीच बृहत् छलफल हुने जनाइएको छ ।

आइतबार टीकापुर घोषणापत्र जारी गर्दै सम्मेलन समापन हुने संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

सङ्घीय निर्वाचन क्षेत्र अधिवेशनले पार्टीको महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यहरू पनि चयन गर्नेछ । महासमिति सदस्यका रूपमा हरेक निर्वाचन क्षेत्रबाट महिला दुई, खुला पाँच, ३५ वर्षमुनिका युवा...
पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।
युएनको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले भने– सङ्कट आएपछि मात्र प्रतिक्रिया दिने शैली फेरौँ

युएनको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले भने– सङ्कट आएपछि मात्र प्रतिक्रिया दिने शैली फेरौँ

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत भएको ‘प्यान्डेमिक प्रिभेन्सन, प्रिपेयर्डनेस एन्ड रेस्पोन्स’ (महामारी रोकथाम, पूर्वतयारी तथा प्रतिकार्य) विषयमा आज भएको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले सङ्कट आएपछि मात्र प्रतिक्रिया दिने...
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको छत्तीसगढ तथा उत्तरपूर्वी मध्य प्रदेशमा रहेको न्यून चापीय प्रणाली हाल...