नेभिगेशन
समाज

पैसा बाँड्दैमा गरिबी हट्दैन, गरिबी हटाउन रोजगारी आवश्यक छः डा. स्वर्णिम वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रको आत्मविश्वासलाई पुनःस्थापित गर्ने गरि सरकारले अर्थतन्त्रमा महत्वकांक्षी सुधारको घोषणा गरेको बताएका छन् । 

नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु फिन इलेक्ट्रो–टेक उद्घाटन गर्दै मन्त्री वाग्लेले अस्पष्ट ऐन, नियमावली, कार्यविधिको सुधारका साथ निजी क्षेत्रको आत्मविश्वासलाई पुनःस्थापित गर्ने गरि अर्थतन्त्रमा महत्वकांक्षी सुधारको घोषणा गरेको बताएका हुन् । उनले ४८ सालपछि एकैपटक त्यति ठुलो महत्वाकांक्षा राखेर अर्थतन्त्रमा सुधारहरू घोषणा गरिएको यो पहिलो पटक भएको बताए । उनले सडक पूर्वाधारमा लामो समयदेखि थाति राखिएका तर कार्यान्वयन हुन नसकिरहेका अधुरा कार्यहरुलाई टुङ्गाएर छाड्ने बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राजनीतिक श्रेयको होडबाजीमा लाग्नुहुन्न भनेर उदारतापूर्वक अधुरा आयोजनालाई सम्पन्न गर्न प्रयाप्त बजेट बिनियोजन गरिएको उनले जानकारी दिए । उनले ऊर्जा मन्त्रालयका तर्फबाट पनि रोकिएका ट्रान्समिसन लाईन निर्माणको कार्यलाई एक बर्षभित्रै सम्पन्न गर्नका लागि सात–आठ अर्ब विनियोजन गरिएको उल्लेख गरे । 

Ncell
Extreme Energy

मन्त्री वाग्लेले गरिबहरूलाई पैसा बाड्दैमा गरिबीबाट माथि आउने नभएकाले गरिबी हटाउनका लागि रोजगारीको आवश्यक रहेको धारणा राखे । यसका लागि पनि निजि क्षेत्र चलायमान हुन आवश्यक रहेको उनको भनाइ छ । 

उनले सरकारले अघि सारेको करको व्यवस्थाप्रति अन्यौलता राख्न जरुरी नभएको बताए । अन्तिम उपभोक्तालाई भार नपर्ने गरि करका विषयमा सरकारले आवश्यक योजना ल्याउने उनको भनाइ छ । उनले जनताको ठूलो म्याण्डेड पाएको सरकारले नै देश र अर्थतन्त्रको सुधार गर्ने भएकाले यसबारे जनतालाई बुझाएर नै अघि बढ्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

सङ्घीय निर्वाचन क्षेत्र अधिवेशनले पार्टीको महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यहरू पनि चयन गर्नेछ । महासमिति सदस्यका रूपमा हरेक निर्वाचन क्षेत्रबाट महिला दुई, खुला पाँच, ३५ वर्षमुनिका युवा...
पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।
युएनको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले भने– सङ्कट आएपछि मात्र प्रतिक्रिया दिने शैली फेरौँ

युएनको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले भने– सङ्कट आएपछि मात्र प्रतिक्रिया दिने शैली फेरौँ

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत भएको ‘प्यान्डेमिक प्रिभेन्सन, प्रिपेयर्डनेस एन्ड रेस्पोन्स’ (महामारी रोकथाम, पूर्वतयारी तथा प्रतिकार्य) विषयमा आज भएको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले सङ्कट आएपछि मात्र प्रतिक्रिया दिने...
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको छत्तीसगढ तथा उत्तरपूर्वी मध्य प्रदेशमा रहेको न्यून चापीय प्रणाली हाल...