नेभिगेशन
समाज

सरुवा बढुवाका लागि भनसुन नगर्न कर्मचारीहरुलाई कानुनमन्त्री गौतमको आग्रह

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले कर्मचारीहरुलाई भनसुन नगर्न आग्रह गरेकी छन् । 

कानुन अधिकृतहरुको दोस्रो सम्मेलनलाई शनिबार समापन गर्दै मन्त्री गौतमले सोर्सफोर्स लगाउने कुराबाट टाढै रहन सचेत गराएकी हुन् । अहिले प्रधानमन्त्री कार्यालयले भनसुन गर्नेलाई कारबाही गरिरहेको उल्लेख गर्दै यसबाट जोगिन न्याय सेवाका कर्मचारीलाई अनुरोध गरेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘यो सोर्सफोर्स गर्ने जुन चलन छ, त्यसबाट सबैजना टाढा हुन मेरो आग्रह छ । खुसुक्क आएर एक जनाले सोर्सफोर्स लगाइहाल्नु भयो भने एक जनालाई न्याय होला, अरुलाई त अन्याय हुन्छ नि । त्यो अन्याय गर्ने पात्र मन्त्रालय होइन तपाइहरुकै साथी हो । त्यसकारण साथीले साथीलाई धोका दिने काम बन्द गर्नुस् । कसैले पनि कसैलाई सोर्सफोर्स नलाउने भने सबैको कार्यसम्पादनको मूल्यांकन हुन्छ । कुनै पनि तरिकाले हुन्छ नि । तीनै कुरालाई आधार मानेर भोलिका दिनमा काम गर्न सहज हुन्छ’, उनले भनिन् ।  

Ncell
Extreme Energy

मन्त्री गौतमले भनसुन गर्दा उल्टै कारबाही परिने पनि बताइन् । ‘अहिले प्रधानमन्त्रीको निर्देशनमा प्रधानमन्त्री कार्यालयले सक्रिय रुपमा भनसुन कसले गर्छ, त्यो भनसुन गर्ने मान्छेलाई भनसुन गरेको ठाउँभन्दा झन् पर पुर्याउने एउटा नीतिमा काम गरिराखेको छ । त्यसैले कहिले कहिले हुन्छ भनेर आउनुहुन्छ, हुने भन्दा झन विग्रेर जाने भयो भने त्यसको घाटा तपाइलाई नै हुन्छ’, उनले भनिन् । 

मन्त्री गौतमले मन्त्रालयमा काम गर्न पाइयोस् भन्ने चाहनालाई सम्बोधन गर्न स्वचालित अनुमानयोग्य र व्यवहारिक कसरी बनाउन सकिन्छ भन्ने कुरामा आगामी दिनमा ध्यान दिइने बताइन् । ‘स्वचालित, अनुमानयोग्य भयो भने देश त हाम्रै हो, पूर्व पश्चिम, पहाड तराई वा कोर काठमाडौंमा काम गर्नुपरे पनि आखिर देश त हाम्रै हो नि । के मात्रै हो भने स्वचालित, अनुमानयोग्य होस् । थितिमा होस् । त्यति न हो । होइन भने काम गर्न हिच्किचाउनु त्यति उचित हुँदैन’, उनले भनिन् । 

मन्त्री गौतमले राज्य सञ्चालनमा जति जिम्मेवारी राजनीतिक नेतृत्वको हुन्छ, त्यति नै कर्मचारी संयन्त्रको पनि हुने भन्दै अनुशासित, लगनशील र देशप्रति समर्पित भएर मिलेर काम गर्न अपिल समेत गरिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

पृथ्वीराजमार्गको कृष्णभीर, चौकीभीर, जवाङखोला, फिस्लिङलगायत सडकखण्ड अवरुद्ध भएका छने । सो खण्ड अवरुद्ध हुँदा मुलुकका विभिन्न स्थानबाट देशको राजधानी काठमाडौँ आउने सवारीसाधन प्रभावित भएका छन् । लगातारको वर्षाका...
१३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान, कहाँ कसरी दिने ?

१३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान, कहाँ कसरी दिने ?

समितिले आज सार्वजनिक गरेको सूचनामा प्रस्तावित राजदूतका सम्बन्धमा कसैलाई नियुक्तिका लागि उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार तथा सबुतप्रमाणसहित रीतपूर्वक उजुरी दिन सकिने जनाएको छ । सूचना पहिलोपटक...
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

सङ्घीय निर्वाचन क्षेत्र अधिवेशनले पार्टीको महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यहरू पनि चयन गर्नेछ । महासमिति सदस्यका रूपमा हरेक निर्वाचन क्षेत्रबाट महिला दुई, खुला पाँच, ३५ वर्षमुनिका युवा...
पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।