नेभिगेशन
समाज

मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट गोरखामा ८५ जनाले पाए नयाँ दृष्टि

काठमाडौँ । गोरखाको आरुघाटमा गाउँपालिकास्थित आरुघाट आधारभूत अस्पतालमा सञ्चालित मोतीविन्दुुको निःशुल्क शल्यक्रिया शिविरबाट ८५ जना लाभन्वित भएका छन् ।

आरुघाट गाउँपालिकाको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखरा, गोरखा लायन्स आँखा सेवा केन्द्र र आइकेयरको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुईदिनसम्म सञ्चालन भएको शिविरमा आँखा जाँचका लागि आएकाहरुको आँखाको स्क्रिनिङ जाँच र शल्यक्रिया गरिएको उनले बताए। हिमालय आँखा अस्पताल पोखराका नेत्ररोग विशेषज्ञ डा कृष्ण गुरुङको नेतृत्वमा रहेको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शिविरमा उपचार सेवा प्रदान गरेका थिए ।

Ncell
Extreme Energy

उक्त शिविरबाट विपन्न तथा दुर्गम क्षेत्रका नागरिकलाई आफ्नै घरदैलोमा आँखाको गुणस्तरीय उपचार सेवा पुर्‍याउन सहज भएको गाउँपालिकाले जनाएको छ । लामो समयदेखि आँखाको समस्या झेल्दै आएका बिरामी निःशुल्क उपचारबाट आँखा देख्नसक्ने भएपछि खुसी भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा

अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा

अर्बपति एलोन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले एक महत्त्वपूर्ण ऐतिहासिक सफलता हासिल गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमकाअनुसार सोमबार १४औँ परीक्षण उडानका क्रममा कम्पनीको विशाल रकेट स्टारशिप पहिलोपटक सफलतापूर्वक...
फर्किन थाले मनाङ पुगेका पर्यटक

फर्किन थाले मनाङ पुगेका पर्यटक

आज देशभर आंशिक बदली, यी स्थानमा वर्षा हुने

आज देशभर आंशिक बदली, यी स्थानमा वर्षा हुने

मंगलबार देशभर आंशिक बदली रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।