नेभिगेशन
समाज

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीहरुद्वारा शपथ ग्रहण

लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले आज शपथ ग्रहण गरेका छन् । लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर  घर्तीले नवनियुक्त ५ जना मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । 

लुम्बिनीमा केही दिनअघि एमालेका ४ र जसपाबाट १ मन्त्री नियुक्त भएका थिए । पुनर्गठित मन्त्रिपरिषद्अन्तर्गत एमालेबाट रुपन्देहीका तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, अर्घाखॅाचीका रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, बाँकेका रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र गुल्मीका डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।

Ncell
Extreme Energy

मुख्यमन्त्री चेतनाथ आचार्यले २० गते सिफारिस गरे पनि लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीमगर प्रदेश बाहिर रहेकाले नयाँ मन्त्रीहरूलाई आज शपथ गराइएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा

अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा

अर्बपति एलोन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले एक महत्त्वपूर्ण ऐतिहासिक सफलता हासिल गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमकाअनुसार सोमबार १४औँ परीक्षण उडानका क्रममा कम्पनीको विशाल रकेट स्टारशिप पहिलोपटक सफलतापूर्वक...
फर्किन थाले मनाङ पुगेका पर्यटक

फर्किन थाले मनाङ पुगेका पर्यटक

आज देशभर आंशिक बदली, यी स्थानमा वर्षा हुने

आज देशभर आंशिक बदली, यी स्थानमा वर्षा हुने

मंगलबार देशभर आंशिक बदली रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।