नेभिगेशन
समाज

सरकारद्वारा ६२ जिल्लामा ‘सरकारी कुरियर’ सेवा विस्तार, सिमकार्डदेखि स्वास्थ्य सामग्री घर आगनमै पुर्‍याइने

काठमाडौं । सरकारले आम नागरिकलाई झन्झटिलो सरकारी प्रक्रियाबाट मुक्ति दिँदै अत्यावश्यक सेवाहरू सिधै घरदैलोमा पुर्‍याउने काम सुरु गरेको छ ।

हुलाक सेवा विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङक अनुसार देशका ६२ जिल्लामा सरकारी कुरियर मार्फत सेवा विस्तार भइसकेको छ । सरकारी कुरियर मार्फत सेवा विस्तार भएका ६२ जिल्लाका नागरिकले नेपाल टेलिकमको सिम कार्डदेखि लिएर औषधी तथा स्वास्थ्य सामग्रीहरू समेत आफ्नै घर आँगनमा प्राप्त गर्ने भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्वास्थ्य बिमा बोर्ड र हुलाक सेवा विभागबीच भएको सम्झौता बमोजिम जेठ १९ गतेदेखि नै देशका ६२ जिल्लामा स्वास्थ्य सामग्री ढुवानीको काम सुरु भइरहेको छ ।

Ncell
Extreme Energy

यसका साथै नागरिकलाई घरमै बसेर प्रविधि र सञ्चारको पहुँच पुर्‍याउन नेपाल टेलिकमको सिम कार्ड समेत घरदैलोमै वितरण गर्ने योजना सहित हुलाक र टेलिकमका उच्च अधिकारीबीच चौथो चरणको निर्णायक छलफल समेत सम्पन्न भइसकेको छ ।

६२ जिल्लाका नागरिकलाई छिटो र छरितो रूपमा राहदानी (पासपोर्ट) उपलब्ध गराउन विभागले राहदानी विभागलाई पूरक सम्झौताको मस्यौदा समेत पठाइसकेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगको समन्वयमा हुलाकको आधुनिकीकरण गर्ने र विश्व हुलाक संघको निर्देशिका अनुसार अन्तर्राष्ट्रिय स्तरको पार्सल सेवालाई अद्यावधिक गर्ने काम समेत दोस्रो चरणमा पुगेको छ ।

सरकारले हुलाक सेवालाई घरेलु र अन्तर्राष्ट्रिय स्तरमा पूर्ण रूपमा डिजिटल र अन–डिमान्ड डेलिभरी मोडलमा ढालेपछि अब ६२ जिल्लाका सर्वसाधारणले सरकारी सेवा लिन धाउनुपर्ने बाध्यता हट्दै गएको छ ।

हुलाक सेवालाई थप वैज्ञानिक बनाउन डाँक रेखा पुनरावलोकन सम्बन्धी महानिर्देशकको अध्यक्षतामा गठित समितिले गृह, संघीय मामिला, सञ्चार मन्त्रालय, नापी विभाग र हुलाकका प्रतिनिधिहरूको उपस्थितिमा नयाँ डाँक रेखा समेत स्वीकृत गरेको छ ।

राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्र र हुलाक सेवा विभाग बीच गत जेठ १ गते भएको सम्झौता बमोजिम डाँक डेलिभरीलाई तीव्रता दिइएको हो ।

post-office-note-1780919956.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

पृथ्वीराजमार्गको कृष्णभीर, चौकीभीर, जवाङखोला, फिस्लिङलगायत सडकखण्ड अवरुद्ध भएका छने । सो खण्ड अवरुद्ध हुँदा मुलुकका विभिन्न स्थानबाट देशको राजधानी काठमाडौँ आउने सवारीसाधन प्रभावित भएका छन् । लगातारको वर्षाका...
१३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान, कहाँ कसरी दिने ?

१३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान, कहाँ कसरी दिने ?

समितिले आज सार्वजनिक गरेको सूचनामा प्रस्तावित राजदूतका सम्बन्धमा कसैलाई नियुक्तिका लागि उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार तथा सबुतप्रमाणसहित रीतपूर्वक उजुरी दिन सकिने जनाएको छ । सूचना पहिलोपटक...
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

सङ्घीय निर्वाचन क्षेत्र अधिवेशनले पार्टीको महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यहरू पनि चयन गर्नेछ । महासमिति सदस्यका रूपमा हरेक निर्वाचन क्षेत्रबाट महिला दुई, खुला पाँच, ३५ वर्षमुनिका युवा...
पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।