नेभिगेशन
सबै कुरा

१३८ किलो सुन तस्करी प्रकरण : ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

काठमाडाैँ : अदालतले १३८ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला अदालत काठमाडौँका न्यायाधीश शंकर बहादुर राईको आइतबार बसेको इजलासले सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

Ncell
Extreme Energy

विमानस्थल भन्सार कार्यालयले २२ मंसिरमा दुबईबाट १४ किलो सुन लिएर आउँदै गरेका गोरखाका चन्द्र घलेलाई विमानस्थलबाटै पक्राउ गरेर अनुसन्धान गरेको थियो । 

भन्सारले अनुसन्धानका क्रममा चन्द्र घले र उनको समूहले विमानस्थलबाट सेटिङ मिलाएर १३८ किलो सुन तस्करी गरेको भन्दै सोही बराबर बिगो र जरिवाना दाबी गरेको थियो ।

त्यस्तै अनुसन्धानका क्रममा घलेको समूले विमानस्थलका कर्मचारीसँग साँठगाँठ मिलाएर तस्करी गर्ने गरेको खुलासा भएका थियो । उक्त समूहले नागरिक उड्डयन कार्यालयका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, सेवा निवृत्त भएर करारमा कार्यरत कर्मचारी रमेश देउला, एसी शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतको संलग्नता रहेको देखाएको थियो । 

त्यस्तै सुन लिएर नेपाल आएका चन्द्र घलेको बयानका आधारमा गोरखाका मीनबहादुर घले पक्राउ परेका थिए । उनीहरु सबैलाई पुर्पक्षलाई लागि थुनामा पठाउन अदालतले आदेश दिएको हो । त्यस्तै यसअघि सुन तस्करी गर्ने स्याङ्जाका कृष्णकुमार श्रेष्ठपनि पुर्पक्षका लागि कारागार चलान भएका छन्।

यही मुद्दामा प्रतिवादी बनाइएका डीबी भन्ने दनबहादुर गुरुङ र उनकी पत्नी बिना गुरुङ भने फरार छन्।

उनीहरु सबैलाई सुन तस्करीको मुद्दामा थुनामा पठाउने आदेश भएको भन्सारले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।