नेभिगेशन
समाज

गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक, ३ बजे शपथको तयारी

काठमाडौँ । सुधन गुरुङ गृहमन्त्रीका रुपमा मन्त्रालय फर्कीने भएका छन् । 
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्रोतका अनुसार  आजै तीन बजे शपथ ग्रहणको तयारी चलेको छ । 

शपथ ग्रहणका लागि राष्ट्रपतिको कार्यालयलाई पत्राचार गरिसकिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि विवादमा आएपछि गत वैशाख ९ गते राजीनामा दिएका थिए। सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदन सरकारले बुझेपछि आजै उनी फेरि गृह मन्त्रालय फर्किन लागेका हुन्।

Ncell
Extreme Energy

प्रतिवेदनमा उनको कैफियत नदेखिएको बताइएको छ । 

उनको समपत्तिको सम्बन्धमा प्रश्न उठेपछि गुरुङले पदबाट राजीनमा दिएका थिए । त्यसपछि सरकारले उनको बारे छानबिन गर्न अध्ययन तथा छानविन समिति गठन गरेको थियो । 

उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा बनेको समिति अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाइसकेका छ । उक्त प्रतिवेदनमा गुरुङको कैफियत नदेखिएपछि उनी फेरि गृहमा फर्कने भएका हुन् । 

उक्त प्रतिवेदनमा गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको नदेखिएको उल्लेख छ ।

गुरुङ यसअघि २६ दिन गृहमन्त्री बनेका थिए । उनले ९ बैशाखमा राजीनामा दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

पृथ्वीराजमार्गको कृष्णभीर, चौकीभीर, जवाङखोला, फिस्लिङलगायत सडकखण्ड अवरुद्ध भएका छने । सो खण्ड अवरुद्ध हुँदा मुलुकका विभिन्न स्थानबाट देशको राजधानी काठमाडौँ आउने सवारीसाधन प्रभावित भएका छन् । लगातारको वर्षाका...
१३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान, कहाँ कसरी दिने ?

१३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान, कहाँ कसरी दिने ?

समितिले आज सार्वजनिक गरेको सूचनामा प्रस्तावित राजदूतका सम्बन्धमा कसैलाई नियुक्तिका लागि उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार तथा सबुतप्रमाणसहित रीतपूर्वक उजुरी दिन सकिने जनाएको छ । सूचना पहिलोपटक...
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

सङ्घीय निर्वाचन क्षेत्र अधिवेशनले पार्टीको महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यहरू पनि चयन गर्नेछ । महासमिति सदस्यका रूपमा हरेक निर्वाचन क्षेत्रबाट महिला दुई, खुला पाँच, ३५ वर्षमुनिका युवा...
पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।