नेभिगेशन
समाज

नेपाल रेडक्रस सोसाइटीमा सरकारले बनायो तदर्थ समिति, अध्यक्षमा भण्डारी

काठमाडौँ । चरम दलीयकरणले थलिएको नेपाल रेडक्रस सोसाइटीमा सरकारले तदर्थ समिति गठन गरेको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले महिला मन्त्रालयको प्रस्तावमा दोलखाका विशालकुमार भण्डारीको अध्यक्षमा ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दलीयकरणका कारण पछिल्लो समय रेडक्रसमा दुइटा समानान्तर समिति चल्दै आएका थिए भने अन्तर्राष्ट्रिय रेडक्रसको विश्वास गुमाउँदै गएको थियो । 

Ncell
Extreme Energy

सरकारले रेडक्रसको साख फर्काउने जिम्मा भण्डारीलाई दिएको हो । 

यसैगरी मन्त्रिपरिषद्ले कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा तल्लो अरुण जलविद्युत आयोजना, लोअर न्यादीखोला जलविद्युत आयोजना, भुन्चाखोल जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वनक्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्ले सामान्य प्रशासन मन्त्रालयको तर्फबाट निजामती सेवा सोह्रौ संशोधन नियमावली २०८३ स्वीकृत गरेको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

पृथ्वीराजमार्गको कृष्णभीर, चौकीभीर, जवाङखोला, फिस्लिङलगायत सडकखण्ड अवरुद्ध भएका छने । सो खण्ड अवरुद्ध हुँदा मुलुकका विभिन्न स्थानबाट देशको राजधानी काठमाडौँ आउने सवारीसाधन प्रभावित भएका छन् । लगातारको वर्षाका...
१३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान, कहाँ कसरी दिने ?

१३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान, कहाँ कसरी दिने ?

समितिले आज सार्वजनिक गरेको सूचनामा प्रस्तावित राजदूतका सम्बन्धमा कसैलाई नियुक्तिका लागि उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार तथा सबुतप्रमाणसहित रीतपूर्वक उजुरी दिन सकिने जनाएको छ । सूचना पहिलोपटक...
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

सङ्घीय निर्वाचन क्षेत्र अधिवेशनले पार्टीको महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यहरू पनि चयन गर्नेछ । महासमिति सदस्यका रूपमा हरेक निर्वाचन क्षेत्रबाट महिला दुई, खुला पाँच, ३५ वर्षमुनिका युवा...
पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।