नेभिगेशन
समाज

संसद् बैठकमा विपक्षी दलको आफूखुसी मौनधारण, अवरोधपछि बैठक नै स्थगित (तस्वीरहरु)

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अचम्मको दृष्य देखियो । विपक्षी दलका एक सांसदले समय तोकेर मौनधारणका लागि आग्रह गरे, विपक्षी दलका सबै सांसदहरुले मौनधारण गरे ।

आज पनि विपक्षी दलहरुले प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै अवरोध गरे । सभामुख डीपी अर्यालले विपक्षी दलहरुलाई पालैपालो बोल्न समय दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जब कांग्रेस सचेतक निष्कल राईले बोल्ने समय पाए, उनले सहिदहरुको सम्झनामा ५ मिनेट मौन धारण गर्न आग्रह गरे । उनको आग्रहपछि सबै विपक्षी दलका सांसदहरु उठेर मौनधारण गर्न थाले ।

Ncell
Extreme Energy

यसरी विपक्षी दलका सांसदहरुको आह्वानमा संसदमा मौनधारण भएको सम्भवतः पहिलो पटक हो ।

यसमा सभामुख डीपी अर्यालले आपत्ति जनाएका छन्। यसबाट सदनको अपमान भएको सभामुख अर्यालको भनाइ छ ।

सीमाका बारेमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिविरुद्ध विपक्षी दलहरुले निरन्तर सदन अवरोध गरिरहेका छन् । सँगै आर्थिक विधेयक संशोधनका बारेमा पनि विपक्षी दलहरुले विरोध जनाइरहेका छन् ।

विपक्षी दलहरुको अवरोधका कारण सभामुख अर्यालले भोलिसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरे । 

Parliament---Nepal-photo-library-01-1780992997.JPG

Parliament---Nepal-photo-library-03-1780992998.JPG

Parliament---Nepal-photo-library-04-1780992999.JPG

Parliament---Nepal-photo-library-05-1780992999.JPG

dp-aryal_sidhakura-1780992531.jpg

Parliament---Nepal-photo-library-07-1780993000.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

पृथ्वीराजमार्गको कृष्णभीर, चौकीभीर, जवाङखोला, फिस्लिङलगायत सडकखण्ड अवरुद्ध भएका छने । सो खण्ड अवरुद्ध हुँदा मुलुकका विभिन्न स्थानबाट देशको राजधानी काठमाडौँ आउने सवारीसाधन प्रभावित भएका छन् । लगातारको वर्षाका...
१३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान, कहाँ कसरी दिने ?

१३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान, कहाँ कसरी दिने ?

समितिले आज सार्वजनिक गरेको सूचनामा प्रस्तावित राजदूतका सम्बन्धमा कसैलाई नियुक्तिका लागि उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार तथा सबुतप्रमाणसहित रीतपूर्वक उजुरी दिन सकिने जनाएको छ । सूचना पहिलोपटक...
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

सङ्घीय निर्वाचन क्षेत्र अधिवेशनले पार्टीको महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यहरू पनि चयन गर्नेछ । महासमिति सदस्यका रूपमा हरेक निर्वाचन क्षेत्रबाट महिला दुई, खुला पाँच, ३५ वर्षमुनिका युवा...
पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।