नेभिगेशन
समाज
रास्वपा अधिवेशन

विवादपछि रास्वपा मधेश प्रदेश अधिवेशन स्थगित

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय निर्वाचन आयोगले मधेश प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि तत्कालका लागि स्थगित गरेको छ।

आयोगले पार्टी विधान, २०७९ (तेस्रो संशोधनसहित) को दफा ४१ बमोजिम प्राप्त अधिकार प्रयोग गर्दै अधिवेशनको निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा विधिसम्मत सञ्चालन सुनिश्चित गर्न अधिवेशनसम्बन्धी सबै गतिविधि रोकिएको जनाएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सूचनाअनुसार प्रतिनिधि छनोट, निर्वाचन कार्यक्रम, उम्मेदवारी प्रक्रिया, प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशन आयोजनासँग सम्बन्धित सम्पूर्ण गतिविधिमा यो निर्णय लागू हुनेछ।

Ncell
Extreme Energy

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा हस्ताक्षरित सूचनामा अधिवेशन पुनः सञ्चालन हुने मिति, समय तथा संशोधित कार्यतालिका पछि औपचारिक रूपमा सार्वजनिक गरिने उल्लेख छ।

पछिल्लो समय नेतृत्व चयनको विषयलाई लिएर मधेश प्रदेशअन्तर्गत विभिन्न जिल्लामा विवाद देखिएपछि आयोगले अधिवेशन प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो।

आयोगले आज जारी गरेको सूचनामा पार्टीका नेता, कार्यकर्ता, प्रतिनिधि तथा उम्मेदवारलाई आयोगको थप निर्देशनको प्रतीक्षा गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच भेटवार्ता भएको छ ।
अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा

अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा

अर्बपति एलोन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले एक महत्त्वपूर्ण ऐतिहासिक सफलता हासिल गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमकाअनुसार सोमबार १४औँ परीक्षण उडानका क्रममा कम्पनीको विशाल रकेट स्टारशिप पहिलोपटक सफलतापूर्वक...
फर्किन थाले मनाङ पुगेका पर्यटक

फर्किन थाले मनाङ पुगेका पर्यटक