नेभिगेशन
समाज

भूमि समितिमा राजनीति नियुक्त बन्द, अब प्रमुख जिल्ला अधिकारीले नै गर्नेछन् नेतृत्व

काठमाडौँ । सरकारले देशभरका सबै जिल्लामा भूमि समस्या समाधान समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७७ वटै जिल्लामा परिपत्र गरी समिति गठनको जानकारी गराएको हो ।

यस अघि सरकारले बनाएका भूमि आयोगका जिल्लास्थित समितिमा राजनीति दलका नेता कार्यकर्ताहरु नियुक्ती हुने गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सत्तारुढदलका नेता कार्यकर्ता भर्ती केन्द्र मात्रै बन्ने गरेको आयोग खारेज गर्दै सरकारले समिति गठन गरेको थियो । 

Ncell
Extreme Energy

सरकारले आयोगलाई समिति मात्रै बनाएन यसमा हुने राजनीति भर्ती पनि बन्द गरिदिएको छ । 
अब मन्त्रीस्तरीय निर्णयअनुसार गठित जिल्ला समिति ७ सदस्यीय रहनेछ । जसको नेतृत्व सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले गर्नेछन् । समितिको संरचना यस प्रकार तोकिएको छः

१.अध्यक्ष: प्रमुख जिल्ला अधिकारी

२.सदस्य: प्रमुख जिल्ला अधिकारीले तोकेको जिल्ला भित्रको स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत

३.सदस्य: जिल्ला समन्वय अधिकारी

४.सदस्य: जिल्ला सदरमुकामस्थित भूमि प्रशासन कार्यालयका प्रमुख

५.सदस्य: जिल्ला सदरमुकामस्थित डिभिजन वन कार्यालयका प्रमुख

६. सदस्य: जिल्ला प्रशासन कार्यालयका अधिकृत प्रतिनिधि

७. सदस्य-सचिव: जिल्ला सदरमुकामस्थित नापी कार्यालयका प्रमुख

गत जेठ १९ गते गते मन्त्रिपरिषद्को निर्णयानुसार बलभद्र बास्तोलाको अध्यक्ष रहेको केन्द्रीय समिति बनिसकेको छ ।

नवनियुक्त जिल्ला समितिहरूलाई भूमिसम्बन्धी समस्याहरूको पहिचान र समाधानका लागि कार्यहरू अघि बढाउन निर्देशन दिइएको छ ।  
यसअघि केन्द्र तथा जिल्लास्तरमा भूमि समस्या समाधान आयोगमा राजनीतिक नियुक्ति हुँदै आएको थियो । सरकारले हालै अध्यादेशमार्फत् उक्त आयोग खारेज गरिसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...
मुख्य नाकामा सडक भासिएपछि स्थलमार्गबाट सोलुखुम्बुमा आवागमन बन्द

मुख्य नाकामा सडक भासिएपछि स्थलमार्गबाट सोलुखुम्बुमा आवागमन बन्द

सडक भासिएसँगै सोलुखुम्बुबाट काठमाडौँ तथा कोशी प्रदेशको राजधानी विराटनगरतर्फ जाने र ती क्षेत्रबाट सोलुखुम्बु भित्रिने यातायात सेवा प्रभावित भएका प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले जानकारी दिए । उनका...
नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

अधिवेशनबाट पारित अपिलमा महरलाई इतिहासको सम्मान गर्दै भविष्यको जिम्मेवारी बहन गर्न सक्ने नेतृत्वका रूपमा प्रस्तुत गरिएको छ। संगठनलाई व्यक्ति र गुटभन्दा माथि उठाएर संस्थागत बनाउने तथा बदलिँदो राष्ट्रिय...
कांग्रेसको १५औँ महाधिवेशनमा आतिथ्यका लागि रवि लामिछाने, केपी ओली र प्रचण्डलाई निम्तो

कांग्रेसको १५औँ महाधिवेशनमा आतिथ्यका लागि रवि लामिछाने, केपी ओली र प्रचण्डलाई निम्तो

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन काठमाडौँमा आयोजना हुँदै छ । २०८३ असोज १६ गते काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह हुनेछ छ । सो कार्यक्रमका लागि शिर्ष नेताहरुलाई निमन्त्रणा दिइएको...

भर्खरै