नेभिगेशन
समाज

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन स्थगित भएको छ।

केन्द्रीय निर्वाचन आयोगले चार कारण देखाएर मतदानतर्फ अघि बढिसकेको प्रक्रिया रोक्नुपरेको बताएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचन आयोगका अनुसार मतपत्रमा देखिएका केही त्रुटि सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न प्रक्रिया स्थगित गरिएको बताएको छ।

Ncell
Extreme Energy

यस्तै करिब ४०० जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरूको उचित सम्बोधन गर्न प्रक्रिया रोकिएको केन्द्रीय निर्वाचन प्रमुख भुवन केसीले बताएका छन्।

प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गर्न र निर्वाचन प्रक्रियालाई सहज बनाउन प्रक्रिया रोकिएको आयोगको भनाइ छ।

‘भ्रमवश फर्किनुभएका लगायत सबै प्रतिनिधिहरूलाई मतदान प्रक्रियामा सहभागी हुन आवश्यक सुविधाजनक समय प्रदान गर्ने मनसायका साथ, यी प्राविधिक तथा व्यवस्थापकीय कार्यहरू सम्पन्न हुनासाथ स्थगित भएको अधिवेशन अगाडि बढाइ बाँकी रहेको निर्वाचन प्रक्रियाको नयाँ मिति र त्यससम्बन्धी थप विवरण मतदान सुरु हुनुभन्दा कम्तीमा २४ घण्टा अगावै आधिकारिक सूचनामार्फत सबैलाई जानकारी गराइनेछ,’विज्ञप्तिमा भनिएको छ।

यसकारण कुनै पनि भ्रामक हल्लाको पछि नलाग्न र आयोगको आधिकारिक सूचनाको प्रतीक्षा गर्न सम्पूर्ण प्रतिनिधि, उम्मेदवार केन्द्रीय निर्वाचन आयोगले आग्रह गरेको छ। 

WhatsApp-Image-2026-06-10-at-11.56.57-AM-1781072398.jpeg

WhatsApp-Image-2026-06-10-at-11.56.56-AM-1781072398.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...
मुख्य नाकामा सडक भासिएपछि स्थलमार्गबाट सोलुखुम्बुमा आवागमन बन्द

मुख्य नाकामा सडक भासिएपछि स्थलमार्गबाट सोलुखुम्बुमा आवागमन बन्द

सडक भासिएसँगै सोलुखुम्बुबाट काठमाडौँ तथा कोशी प्रदेशको राजधानी विराटनगरतर्फ जाने र ती क्षेत्रबाट सोलुखुम्बु भित्रिने यातायात सेवा प्रभावित भएका प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले जानकारी दिए । उनका...
नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

अधिवेशनबाट पारित अपिलमा महरलाई इतिहासको सम्मान गर्दै भविष्यको जिम्मेवारी बहन गर्न सक्ने नेतृत्वका रूपमा प्रस्तुत गरिएको छ। संगठनलाई व्यक्ति र गुटभन्दा माथि उठाएर संस्थागत बनाउने तथा बदलिँदो राष्ट्रिय...
कांग्रेसको १५औँ महाधिवेशनमा आतिथ्यका लागि रवि लामिछाने, केपी ओली र प्रचण्डलाई निम्तो

कांग्रेसको १५औँ महाधिवेशनमा आतिथ्यका लागि रवि लामिछाने, केपी ओली र प्रचण्डलाई निम्तो

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन काठमाडौँमा आयोजना हुँदै छ । २०८३ असोज १६ गते काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह हुनेछ छ । सो कार्यक्रमका लागि शिर्ष नेताहरुलाई निमन्त्रणा दिइएको...

भर्खरै