नेभिगेशन
समाज

सदनको गतिरोध हटाउन रवि लामिछानेले बोलाएको बैठकमा पुगे श्रम संस्कृतिका आरेन राई

काठमाडौँ । सदनमा जारी गतिरोध हटाउन सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले प्रतिपक्षी दलहरुसँग सम्वाद गरिरहेका छन् । 

सहमति खोज्न सत्ता र प्रतिपक्षी सम्वादमा जुट्दा ११ बजे बोलाइएको प्रतिनिधि सभा बैठक अझै सुरु हुन सकेको छैन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारस्थित संसद भवनभित्र जारी बैठकमा रास्वपा सभापति लामिछानेसहित मुख्य सचेतक कबिन्द्र बुर्लाकोटी, सचेतक क्रान्तिशिखा धिताल, कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, प्रमुख सचेतक बासना थापा, सचेतक निश्कल राई, एमाले दलका नेता रामबहादुर थापा, प्रमुख सचेतक ऐन महर, नेकपाका प्रमेश हमाल, वर्षमान पुन, युवराज दुलाल, राप्रपा प्रमुख सचेतक खुश्बु ओली र कानुनमन्त्री सोविता गौतम सहभागी छन् । बैठकमा सुरुवमा सहभागी नभएका हर्क साम्पाङको दल श्रम संस्कृति बाट अहिले आरेन राई उपस्थिति भएका छन् । 
छलफल जारी छ । 

Ncell
Extreme Energy

प्रधानमन्त्री शाहले जेठ १७ गते संसदमा प्रश्नोत्तरका क्रममा नेपालले पनि भारतको जमिन मिचेको रहेछ भनेर अभिव्यक्ति दिएपछि त्यसयता विपक्षी दलहरुले प्रधानमन्त्रीले सदनमा आएर माफी माग्दै अभिव्यक्ति सच्याउनुपर्ने माग गरेर सदन अवरुद्ध गर्दै आएका छन् । अवरोधका कारण १८, १९, २५, २६ गतेको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ । बजेटको छलफल प्रभावित भएको छ । 

रास्वपा सभापति रबि लामिछानेले जेठ २५ गते सर्वदलीय बैठक राखेर प्रधानमन्त्रीको अभिव्यक्तिको सम्बन्धमा परराष्ट्रमन्त्री जवाफ दिने र त्यतिले नपुगे आफूले जवाफ दिने विकल्प अघि सारेका थिए । तर, विपक्षीले प्रधानमन्त्री नै आउनुपर्ने अडान राखेर अवरोध गरिरहेका छन् । 

आज पनि सहमति नजुटे बजेटको छलफललाई अगाडि बढाउनुपर्ने चापका कारण अवरोधकै बीच बैठक चलाउने तयारी सत्ता पक्षको छ । 

२६ गतेको बैठकमा परराष्ट्र मन्त्री शिशिर खनाल प्रधानमन्त्रीको अभिव्यक्तिको सन्दर्भमा जवाफ दिन आएका थिए । तर, विपक्षीले प्रधानमन्त्रीले बोलेको कुरामा प्रधानमन्त्रीकै प्रष्टीकरण चाहिने भन्दै बैठक चल्न दिएका थिएनन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...
मुख्य नाकामा सडक भासिएपछि स्थलमार्गबाट सोलुखुम्बुमा आवागमन बन्द

मुख्य नाकामा सडक भासिएपछि स्थलमार्गबाट सोलुखुम्बुमा आवागमन बन्द

सडक भासिएसँगै सोलुखुम्बुबाट काठमाडौँ तथा कोशी प्रदेशको राजधानी विराटनगरतर्फ जाने र ती क्षेत्रबाट सोलुखुम्बु भित्रिने यातायात सेवा प्रभावित भएका प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले जानकारी दिए । उनका...
नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

अधिवेशनबाट पारित अपिलमा महरलाई इतिहासको सम्मान गर्दै भविष्यको जिम्मेवारी बहन गर्न सक्ने नेतृत्वका रूपमा प्रस्तुत गरिएको छ। संगठनलाई व्यक्ति र गुटभन्दा माथि उठाएर संस्थागत बनाउने तथा बदलिँदो राष्ट्रिय...
कांग्रेसको १५औँ महाधिवेशनमा आतिथ्यका लागि रवि लामिछाने, केपी ओली र प्रचण्डलाई निम्तो

कांग्रेसको १५औँ महाधिवेशनमा आतिथ्यका लागि रवि लामिछाने, केपी ओली र प्रचण्डलाई निम्तो

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन काठमाडौँमा आयोजना हुँदै छ । २०८३ असोज १६ गते काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह हुनेछ छ । सो कार्यक्रमका लागि शिर्ष नेताहरुलाई निमन्त्रणा दिइएको...

भर्खरै