नेभिगेशन
नेताका कुरा

गृहमन्त्रीमा फर्केलगत्तै विपद् पूर्वतयारीमा जुटे सुधन गुरुङ, अफ्ठेरोमा परेकालाई राहत बाँड्न 'हेभी लिफ्टिङ ड्रोन' किन्दै

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ पदमा फर्केलगत्तै विपद पूर्वतयारीमा जुटेका छन् । 

मनसुन भित्रिएसँगै देशभर बाढी पहिरो र डुबानको जोखिम बढेका बेला मन्त्री गुरुङले विपदको पूर्वसूचना, उद्धार, राहतलगायत पूर्वतयारी थालेको जानकारी संसदीय समितिलाई गराएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'अब आउनेवाला विपद पूर्वतयारीमा लागेको छु । विगतमा नख्खुमा छतबाट मान्छे बगेको अवस्थामा धेरै गर्न सकिन्थ्यो जस्तो लाग्छ । अब त्यो अवस्था दोहोरिन दिँदैनौं,' उनले भने । 

Ncell
Extreme Energy

विहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री गुरुङले विपदबाट प्रभावित हुनसक्ने सर्वसाधारणलाई राहत वितरण गर्न हेभी लिफ्टिङ ड्रोनहरु खरिद गर्ने योजना बनाएको बताए । 

'प्रभावितहरुलाई शिघ्र राहत वितरण गर्न दुई सय केजीसम्म बोक्ने हेभी लिफ्टिङ ड्रोनहरु आएको छ । यो खरिद गर्न खोजेका छौं । यो खरिद गर्नलाई सार्वजनिक खरिद ऐनअनुसार ४५ दिन चाहिने रहेछ । ड्रोन आउँदा त मनसुन सकिसक्ने रहेछ । कस्तो ऐन बनाएको हो ? काम गर्न सहज हुनेगरी बनाइदिनुभएको भए हुन्थ्यो । कानुन संशोधन गर्न लाग्दा पनि मनसुन सकिएला । यसमा पनि सांसदहरुको सहयोग चाहिएला,' उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा (तस्बिरहरू)

भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा (तस्बिरहरू)

आईसीसी टी–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट ‘ए’को तयारीका लागि भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरा आइपुगेको छ। तयारीस्वरूप भुटानी टोलीले गण्डकी प्रादेशिक क्रिकेट टोलीसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ।
३६ वर्षपछि झापाका २६ परिवारले पाए लालपुर्जा

३६ वर्षपछि झापाका २६ परिवारले पाए लालपुर्जा

झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले ३६ वर्षपछि आफ्नो नाममा जग्गाधनी पुर्जा पाएका छन्।
प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच के भयो कुराकानी ?

प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच के भयो कुराकानी ?

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कार्यकाल पूरा गरी स्वदेश फर्किनुअघि प्रधानमन्त्री बालेन शाहसँग बिदाइ भेट गरेका छन्।
भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन शाहसँग बिदाइ भेट गरेका छन्।