नेभिगेशन
समाज

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको दाबी गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा आयकर, अन्तःशुल्क तथा भन्सार प्रणालीमा गरिएका सुधार विगत केही वर्षयताकै महत्वपूर्ण संरचनागत सुधार रहेको बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“केही वस्तुमा करसम्बन्धी सुधार गरिएको छ, कर प्रणालीलाई क्रमशः सरल र पारदर्शी बनाउँदै लगिएको छ”, भने । बैठकमा अर्थमन्त्री डा वाग्लेले आर्थिक विधेयकमा संशोधन गरी करका दर परिवर्तन गरिएको भन्ने आरोप अस्वीकार गरेका थिए ।

Ncell
Extreme Energy

उनले रगत तथा भ्याक्सिन बोक्ने क्यारियरको भन्सार दर, शिक्षासम्बन्धी कर व्यवस्था तथा विद्युतीय सवारीसाधनमा रोड डेभलपमेन्ट शुल्कसम्बन्धी छुटेका विषय समेट्न संशोधन गरिएको स्पष्ट पारेका थिए ।

अर्थमन्त्री वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठाइएका कर हेरफेर तथा अनियमिततासम्बन्धी आरोप निराधार रहेको बताए।  बैठकमा जवाफ दिदैअर्थमन्त्री वाग्लेले आर्थिक विधेयकमा देखिएका विषय नीतिगत परिवर्तन नभई कर्मचारीस्तरमा भएका सामान्य प्राविधिक त्रुटि सच्याउने काम मात्र भएको स्पष्ट पारे।

उनले विद्युतीय सवारीसाधन (इभी) सम्बन्धी कर संरचनाबारे स्पष्ट पार्दै रु ५० लाखसम्मका इभीलाई मध्यम वर्ग र युवाको पहुँचमा राख्ने उद्देश्यले रोड डेभलपमेन्ट शुल्कमा सहुलियत दिन खोजिएको बताए।

“कुनै व्यापारीलाई गोप्य सूचना दिएर गाडी भन्सार पास गराइएको भन्ने आरोप तथ्यहीन छ”, उनले भने, “यदि कसैसँग त्यस्तो प्रमाण छ भने सार्वजनिक गर्नुस्, म जवाफ दिन तयार छु ।”

मन्त्री वाग्लले कर प्रशासन, भन्सार प्रणाली र राजस्व व्यवस्थापनमा देखिएका विकृति हटाएर सुशासन र पारदर्शिता कायम गर्ने दिशामा सरकार अघि बढिरहेको बताए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...
मुख्य नाकामा सडक भासिएपछि स्थलमार्गबाट सोलुखुम्बुमा आवागमन बन्द

मुख्य नाकामा सडक भासिएपछि स्थलमार्गबाट सोलुखुम्बुमा आवागमन बन्द

सडक भासिएसँगै सोलुखुम्बुबाट काठमाडौँ तथा कोशी प्रदेशको राजधानी विराटनगरतर्फ जाने र ती क्षेत्रबाट सोलुखुम्बु भित्रिने यातायात सेवा प्रभावित भएका प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले जानकारी दिए । उनका...
नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

अधिवेशनबाट पारित अपिलमा महरलाई इतिहासको सम्मान गर्दै भविष्यको जिम्मेवारी बहन गर्न सक्ने नेतृत्वका रूपमा प्रस्तुत गरिएको छ। संगठनलाई व्यक्ति र गुटभन्दा माथि उठाएर संस्थागत बनाउने तथा बदलिँदो राष्ट्रिय...

भर्खरै