नेभिगेशन
समाज

यसबर्ष अहिलेसम्मकै बढी परिमाणमा किसानहरुलाई मल उपलव्ध गराइदै छः मन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यसबर्ष अहिलेसम्मकै बढी परिमाणमा किसानहरुलाई मल उपलव्ध गराइने बताएकी छन्।

बिहीबार राष्ट्रियसभा बैठकमा मन्त्री चौधरीले यस बर्ष मलको अभाव नहुने समेत दावी गरेकी हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चालू आर्थिक वर्षमा हालसम्म ५ लाख ५८ हजार ५२२ मेट्रिक टन मल आपूर्ति भइसकेको र ४ लाख ६८ हजार १६ मेट्रिक टन मल किसानलाई बिक्रिबितरण गरिसकेको उनले बताइन्।

Ncell
Extreme Energy

उनले गोदाममा रहेको र नेपालमा भित्रिसकेर गोदाममा रेकर्ड राख्न बाँकी समेत गरि हाल १ लाख ३८ हजार ८ सय २ मेट्रिकटन मल मौज्दात रहेको जानकारी दिइन्।

मन्त्री चौधरीले चालू आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा कुल ६ लाख मेट्रिकटनको हाराहारीमा कृषकलाई अनुदानमा मल उपलब्ध गराउने उल्लेख गरेकी थिइन्।

मलको अभाव हुन नदिन मन्त्रालयले विभिन्न प्रयास एवं तयारीहरू गरिरहेको भन्दै मन्त्री चौधरीले मल आपूर्तिको सम्झौता गरिसकेका आपूर्तिकर्ताहरूलाई समयमा नै मल आपूर्ति गर्नको लागि ताकेता समेत गरिएको जानकारी दिइन्। असार अन्तिमदेखि साउन महिनासम्ममा ९० हजार मेट्रिकटन मल नेपाल भित्रिने अपेक्षा मन्त्रालयले गरेको उनले बताइन्।

त्यस्तै उनले भारतसँग जी टु जी खरीद माध्यमबाट ८० हजार मेट्रिक टन मलको खरीद गर्न मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति प्राप्त गरी पहिलो चरणमा तीस हजार मेट्रिक टन युरिया, बीस हजार मेट्रिक टन डीएपी खरीद प्रक्रिया सुरु गरिएको जानकारी दिएकी थिइन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...
मुख्य नाकामा सडक भासिएपछि स्थलमार्गबाट सोलुखुम्बुमा आवागमन बन्द

मुख्य नाकामा सडक भासिएपछि स्थलमार्गबाट सोलुखुम्बुमा आवागमन बन्द

सडक भासिएसँगै सोलुखुम्बुबाट काठमाडौँ तथा कोशी प्रदेशको राजधानी विराटनगरतर्फ जाने र ती क्षेत्रबाट सोलुखुम्बु भित्रिने यातायात सेवा प्रभावित भएका प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले जानकारी दिए । उनका...
नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

अधिवेशनबाट पारित अपिलमा महरलाई इतिहासको सम्मान गर्दै भविष्यको जिम्मेवारी बहन गर्न सक्ने नेतृत्वका रूपमा प्रस्तुत गरिएको छ। संगठनलाई व्यक्ति र गुटभन्दा माथि उठाएर संस्थागत बनाउने तथा बदलिँदो राष्ट्रिय...

भर्खरै