नेभिगेशन
समाज

हुरीले केरा खेतीमा क्षति पुगेपछि टीकापुरका किसान चिन्तित

काठमाडौँ । बुधबार हुरीसँगैको मूसलधारे वर्षाले कैलालीमा दुई बिघामा गरिएको केराखेती झन्डै  ६० प्रतिशत नष्ट भएको  छ ।

टीकापुर २ कोठारपुरका जनक चौधरीको खेतमा लगाइका केरा दुई महिनापछि बजार लैजानका लागि तयारी अवस्थामा थिए । एकै दिनको विपद्ले करिब रु १४ लाख क्षति पुगेको चौधरीले बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसैगरी सोही दिनको विपद्ले टीकापुर ७, सत्तीका केरा किसान कृत ठकुल्लाको बारीमा करिब १०० बोट केरा हुरीले ढालेको छ । पाँच बिघामा केराखेती गरेका ठकुल्लाले यसवर्ष थप चार बिघामा खेती गरेका थिए।

Ncell
Extreme Energy

‘‘बारीमा गनेको छैन, सयौँ बोट नष्ट भएका छन्’’, उनले भने, ‘‘हुरी र असिनासहित आएको पानीले केरा किसानलाई पीडामा पार्‍यो’’। टीकापुर नगरपालिका–५ का किसान शेरबहादुर साउदको बारीमा हावाहुरीले क्षति पुगाएको छ ।

‘‘बारीमा केरा ढलेका छन्, गन्न थालेमा तनाव हुन्छ’’, उनले भने, ‘‘मजस्ता सयौँ किसानलाई आज पीडा भएको छ । केरा किसानले उत्पादन लिने बेलामा नोक्सानी बेहोर्नुपरेको छ ।’’

टीकापुरमा केरा किसानको बालीमा हुरीले क्षति गरेको गुनासो धेरै आएकाले वडास्तरमा तथ्याङ्क सङ्कलन कार्य सुरु गरिएको टीकापुर नगरपालिका कृषि शाखा प्रमुख मोतिसिंह विकले बताए।

‘‘धेरै किसानले फोन गरिरहेका छन्। ठूलो क्षति भएको छ’’, उनले भने, ‘‘क्षतिको विवरण थाह पाउनका लागि वडावडामा तथ्याङ्क सङ्कलन कार्य सुरु गरेका छौँ ।’’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सिँढीबाट लडेर युवकको मृत्यु

सिँढीबाट लडेर युवकको मृत्यु

भीमदत्त नगरपालिका–६ ऐठपुरमा शुक्रबार राति घरको सिँढीबाट लडेर एक युवकको मृत्यु भएको छ ।
गोलबजारमा गोली लागि मृत्यु भएका यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने

गोलबजारमा गोली लागि मृत्यु भएका यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने

सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेस प्रदेश सरकारले पक्की घर निर्माण गरिदिने भएको छ ।
यी स्थानका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

यी स्थानका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

जिल्लाको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य गरेको छ ।
ढिला होला, तर गलत हुँदैन– बालेन शाह

ढिला होला, तर गलत हुँदैन– बालेन शाह

‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् । सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ । कहिलेकाहीँ एक्लै लड्नुपर्छ ।...