नेभिगेशन
समाज

विश्वकपको उद्‍घाटन खेलमै रेड कार्डको वर्षा, मेक्सिकोको विजयी सुरू

काठमाडौँ । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा घरेलु टोली मेक्सिकोले सानदार सुरूवात गरेको छ । शुक्रबार नेपाली समयअनुसार बिहान मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले हराएको छ । 

तर, यो खेलमा जित हार भन्दा पनि रातो कार्डको विषयले चर्चा पाएको छ । उद्घाटन खेलमै ब्राजेलियन रेफ्री विल्टन सम्पाओले तीन रातो कार्ड देखाएका छन् । फिफा विश्वकपको उद्घाटन खेलमै तीन रातो कार्ड देखाएको पहिलो पटक हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तीन रातो कार्ड देखाएपछि ९० मिनेटसम्म दक्षिण अफ्रिका ९ र मेक्सिको १० खेलाडीमा सिमित भएका थिए । जुन कारण ८० हजार समर्थक उपस्थित उद्घाटन खेलनै केही मात्रामा फिक्का सावित भएको थियो । 

Ncell
Extreme Energy

दक्षिण अफ्रिकाका याया स्पेपेलो सिथोले र थेम्बा ज्वानले रातो कार्ड पाउँदा मेक्सिकोका सेसार मोन्टेसले पनि रातो कार्डको सामना गरेका थिए । 

सन् २०१८ मा रुस र सन् २०२२ कतारमा पूरा प्रतियोगिताभर जम्मा चारवटा मात्र रातो कार्ड देखाइएको थियो । तर २०२६ को विश्वकपको पहिलो खेलमै ३ रातो कार्ड देखाइएको छ ।

यता, एकै खेलमा तीनजना खेलाडी मैदानबाट निकालिएको यो घटना २० वर्ष पहिले थियो । सन् २००६ को विश्वकपमा यस्तो भएको थियो । कुल २८ खेलाडीले रातो कार्ड पाएका थिए । 

पहिलो खेलमै तीन रातो कार्ड देखाइएपछि संयुक्तरुपमा अमेरिका, मेक्सिको र क्यानाडाले आयोजना गरेको विश्वकपमा कतै निर्णायक भूमिकामा रहेकाहरु आक्रमक हुने हो कि भन्ने बहस सुरू भएका छन् । 

मेक्सिकोको सानदार सुरू
मेक्सिकोले पहिलो पटक उद्घाटन खेलमै जित निकालेको छ । एष्टेका रंगशालामा घरेलु टोलीको जितमा जुलिअन क्विनोनेस र राउल जिमेनेजले गोल गरेका हुन् । उनले खेलको नवौं मिनेटमै गोल गरेका हुन् । 

एरिक रिलाले मिलाएको बललाई उनले सदुपयोग गरेका थिए । सन् २००६ पछि विश्वकपको उद्घाटन खेलमै कम समयमा गोल निस्किएको पहिलो पटक हो । पहिलो हाफमा दक्षिण अफ्रिकालाई दबाबमा राखेको मेक्सिकोले दोस्रो हाफमा पनि यो यात्रालाई निरन्तरता दियो । ६७औं मिनेटमा राहुलले दोस्रो गोल गर्दै समूह ‘ए’ मा महत्वपूर्ण तीन अंक दिलाएका हुृन् । 

क–कस्ले पाए रातो कार्ड
उद्घाटनको पहिलो हाफमा रेफ्रीले दुई मात्रै पहिलो कार्ड देखाएका थिए । तर, दोस्रो हाफमा आक्रमक देखिएका उनले तीन रातो कार्ड प्रयोग गरेका हुन् । 
दोस्रो हाफ सुरु भएको चार मिनेटमै उनले दक्षिण अफ्रिकाका सिथोलेलाई सिधै रातो कार्ड देखाए । मेक्सिकोका ब्रायन गुटिएरेजलाई प्रष्ट गोलको अवसर रहेको अवस्थामा लडाएपछि  सिथोलेले सिधै रातो कार्ड प्राप्त गरे । 
दोस्रो रातो कार्ड पनि अफ्रिकाकै ज्वानले पाए । यसपटक भिडियो सहायक रेफ्री (भार)को निर्णय लिइयो । ज्वानले मेक्सिन खेलाडीलाई हातले हानेको देखिएपछि रेफ्रीले सिधै रातो कार्ड देखाएका हुन् । दक्षिण अफ्रिकाले यो विवादस्पद निर्णय दाबी गरेको छ । 
तेस्रो रातो कार्ड मेक्सिकोका डिफेन्डर मोन्टेसलाई देखाइएको थियो । उनले काउन्टरमा गोल गर्न अगाडि बढेका दक्षिण अफ्रिकाका खुलिसो मुडाउलालाई बक्स बाहिर फाउल गरेका थिए । जसमा कारण उनलाई रातो कार्ड देखाइएको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।