नेभिगेशन
समाज

प्रारम्भिक विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुमोदन

काठमाडौँ । कर्णाली प्रदेशको प्रारम्भिक विपद्/मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ को अनुमोदन गरिएको छ ।

कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रतिबद्ध चरण–३ र सेभ द चिल्ड्रेनको सहकार्यमा बिहीबार सुर्खेत वीरेन्द्रनगरमा कार्यशाला गोष्ठीमार्फत उक्त योजना अनुमोदन गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विपद् पूर्वतयाारी तथा प्रतिकार्य योजना–२०८३ लाई अन्तिम रूप दिई अनुमोदन गर्न जिल्ला तथा प्रदेशस्तरका सरोकारवालाहरूसँगको समीक्षा, परामर्श तथा प्राविधिक छलफल भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन महाशाखाका प्रमुख उत्तम गौतमले जानकारी दिए।

Ncell
Extreme Energy

“गोष्ठीमा प्रदेश सरकारद्वारा तयार पारिएक विपद्सम्बन्धी नीति, योजना, मापदण्ड तथा मार्गदर्शनको प्रस्तुति पनि गरियो”, प्रमुख गौतमले भने, “सरोकारवालाहरूसँग विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ को मस्यौदामाथि छलफल गरी प्राविधिक सहयोग र सुझाव सङ्कलन गर्ने काम भयो ।”

त्यस्तै, विपद् पूर्वतयारी तथा प्रतिकार्यका सम्बन्धमा उत्कृष्ट अभ्यास र अनुभवहरूको पनि प्रस्तुति गरिएको उनले बताए। पिपल इन निड (पिन) प्रतिबद्ध–३ परियोजना (पिन)का कर्णाली प्रदेश संयोजक उज्ज्वल अधिकारीले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३ लाई अन्तिम रूप दिन गरिएको कार्यशाला गोष्ठीबाट योजना अनुमोदनमा सहयोग पुगेको बताए।

उनले विषयगत क्षेत्रअनुसार समूह कार्य, त्यसबाट प्राप्त प्रमुख सिफारिस, सहमति र आगामी मार्गचित्रका बारेमा सहजीकरण गरेका थिए। गोष्ठीमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार बमले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ को भूमिकाबारेमा प्रस्तुति व्यक्त गरेका थिए।

सेभ द चिल्ड्रेनका सुर्खेत फिल्ड प्रमुख रत्नराज ओझाले अनुमोदित प्रतिकार्य योजनाले सरोकारवाला सबैलाई जिम्मेवार बनाएको भन्दै यसले यहाँको जोखिम न्यूनीकरण तथा नागरिक सुरक्षामा सहयोग पुग्ने बताए।

उक्त गोष्ठीमा स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय, सुरक्षा निकाय, विकास साझेदार, निजी क्षेत्र, संस्थान, आपत्कालीन कार्य सञ्चालन केन्द्र, सूचना, प्रविधि तथा सञ्चार क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...