नेभिगेशन
समाज

‘प्रधानमन्त्रीज्यू त आउनुहुन्न, नेपाल सरकारको रक्षा मन्त्री को हुनुहुन्छ, सभामुखज्यूले बोलाइदिनुपर्यो’: हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राईले प्रधानमन्त्री सदनमा नआएको भन्दै रक्षामन्त्रीलाई बोलाइदिन माग गरेका छन् । ‘प्रधानमन्त्रीज्यू त आउनुहुन्न, नेपाल सरकारको रक्षा मन्त्री को हुनुहुन्छ? सभामुखज्यूले रुलिङ गरेर बोलाइदिनुपर्छ । उहाँलाई प्रश्न सोध्न चाहन्छु ।’ सासद राईले भने । 

सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूभागमा आएर नेपालीहरुलाई हप्कीदप्की गरेको भन्दै उनले नेपाली सेनालाई सीमामा पठाउनुपर्ने धराणा राखे । उनले भने, ‘सुस्ता भन्ने ठाउँमा एसएसबी आएर नेपाली दाजुभाइलाई हप्किदप्की गरेको र स्थानीयले आफ्नो भूमिका लागि हित्था लड्दै भिड्दै गरेको भिडिओ सार्वजनिक भएका छन् । हाम्रो नेपाली सेना सिमानामा जानै नहुने के कसम खाएको रहेछ ? अवलोकन गर्न पनि पठाउनु नमिल्ने के करार गरेको रहेछ ? त्यो देखाइदिनुपर्यो ।’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री वालेन्द्र शाहले सीमाबारे विवादित अभिव्यक्ति दिएपछि आफूहरूले ११ औँ दिनसम्म प्लेकार्ड देखाएर विरोध जनाउँदा पनि प्रधानमन्त्री आउने छाँटकाँट नदेखिएको भन्दै उनले रक्षामन्त्रीलाई बोलाइदिन माग गरे । 

Ncell
Extreme Energy

अहिले प्रधानमन्त्री बालेनले नै रक्षा मन्त्रालय सम्हालिरहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...